Aamsanchar

महराको बयान सकिएन, अदालतबाट म्याद थपिँदै

Author Image
आइतवार, कार्तिक ३, २०७६


निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप पर्ने भएको छ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो । महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर