Aamsanchar

हमलाको सूचना आएको भन्दै दिल्लीमा हाईअलर्ट

Author Image
आइतवार, कार्तिक ३, २०७६


जैश–ए–मोहम्मदले ४ सय बढी स्थानमा आक्रमण गर्ने सूचना आएको भन्दै भारतको नयाँदिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । गुप्तचर एजेन्सीका अनुसार आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतमा ठूलो आक्रमण गर्ने तयारीमा छन् । दिल्ली प्रहरीले यो सूचना पाएलगत्तै हाई अलर्ट जारी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्लीका १५ मध्ये आठ स्थानलाई संवदेनशील घोषणा गरिएको छ । रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुको भनाइ छ ।

यी क्षेत्रमा ४ सय २५ यस्ता भवनहरु छन्, जसको सुरक्षामा चौबीसै घण्टा सुरक्षाकर्मी तैनाथ हुन्छन् । यस्तै २ सय भवनलाई भीआईपी क्षेत्र भनेर तोकिएको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै ती सबै स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको छ । स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदबाग क्षेत्रबाट पक्राउ परेका जैश–ए–मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजनाको खुलासा गरेका थिए । उनीहरुलाई शरण दिने १० भन्दा बढी व्यक्ति पनि पक्राउ परेका थिए ।

त्यसपछि जनवरी २०१९ मा पक्राउ परेका जैश(ए(मोहम्मदका अब्दुल लतिफ गनी उमैर र हिलाल अहमद भटबाट पनि आक्रमणसँग सम्बन्धित महत्वपूर्ण जानकारी हासिल गरेको भारतीय अधिकारीहरुले दाबी गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)