Aamsanchar

भ्रमण वर्ष सफल बनाउन स्पिड पुगेन : सुरज वैद्य

Author Image
आइतवार, कार्तिक ३, २०७६


भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले भ्रमण वर्ष सफल बनाउन स्पिड नपुगेको बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले भ्रमण वर्ष सफल बनाउन धेरै काम गर्नुपर्ने छ, तर समय थोरै छ’, उनले भने, ‘अहिले स्पिड पुगेको छैन । सफल बनाउनका लागि हामीले स्पिड बढाउनै पर्छ ।’ वैद्यले भ्रमण वर्ष सफल पार्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण हुनेसमेत बनाए । संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले सक्रियता देखाए भ्रमण वर्ष सफल हुन सहज हुने उनको भनाइ छ ।

सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । कार्यक्रममा एनआरएनए र भ्रमण वर्ष सचिवालयबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । समझदारीपत्रमा एनआरएनएतर्फबाट अध्यक्ष कुमार पन्त र सचिवालयका तर्फबाट वैद्यले हस्ताक्षर गरेका छन् । समझदारीमा एक एनआरएन बराबर एक पर्यटक भित्र्याउन सहयोग गर्ने, सम्बन्धित देशमा एनआरएनएले भ्रमण वर्ष सफल बनाउन प्रचार हुने किसिमको कार्यक्रम गर्नेलगायतका विषय उल्लेख छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर