Aamsanchar

जंगली हात्ती धपाउन झापामा नयाँ विधी प्रयोग

Author Image
आइतवार, कार्तिक ३, २०७६

प्रतिकातत्मक तस्वीर

झापा । जहाँ समस्या त्याहाँ उपाए भन्ने उक्ती  छ । त्यस्तै झापामा जंगली हात्तीका कारण बषौंदेखि धेरै जनताको रात न दिन ज्यान बचाउन र बालीनाली जोगाउन हात्ती संग संर्घस गर्दै आएका छन । हात्तीको आतंक रोक्न स्थानिय र सरकाले विभिन्न उपाएहरु अवलम्बन गरि गरि सकिएको छ ।  तर ति  विधी प्रभावकारी बन्न नसकेको वेला अहिले हाल झापाका अनिल प्रधानले जङ्गली हात्ती धपाउने साइरन ड्रोन विकास गर्नुभएको छ । कक्षा १२ मा अध्ययनरत भद्रपुर नगरपालिका–१ निवासी प्रधानले आफ्नै घरमा उक्त ड्रोन बनाउनुभएको हो । उहाँले साइरन जडान गरिएको ड्रोनको सफल र प्रभावकारी प्रयोग पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेरो घर आसपासमा जहिले पनि जङ्गली हात्ती आउने र दुःख दिने गथ्र्यो । झापामै हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको देखियो । यसले गर्दा हात्तीलाई कसरी धपाउन सकिन्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेको थिएँ । ” मौरी कराएको आवाजबाट हात्ती सबैभन्दा बढी डराउने तथ्य फेला परेपछि मौरीको भुनभुन आवाजलाई ड्रोनमा जडान गरिएको उहाँले बताउनुभयो । यो ड्रोनमा रातो बत्तीसमेत प्रयोग गरिएको छ ।

हात्तीको नजिकै लगेर ड्रोन उडाएपछि मौरी आएको त्रासमा हात्ती ठूलो आवाजका साथ गर्जंदै जङ्गलतिर भाग्ने गरेको प्रधानले बताउनुभयो । पाँच किलोमिटर दूरीसम्म रिमोटले काम गर्ने भएकाले आफू पनि सुरक्षित भएर हात्तीलाई टाढाबाट नै धपाउन सकिने उहाँको भनाइ छ । यो ड्रोनको सफल परीक्षण भइसकेको डिभिजन वन कार्यालय, झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । “कुनै ठूलो खर्च र क्षतिबिना नै हात्ती भगाउन सकिने यो सबैभन्दा प्रभावकारी उपाय भएको छ”, घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

डिभिजन वन कार्यालय, झापाको समेत सहभागितामा स्थानीय बासिन्दासहितको टोलीले हात्ती धपाउन साइरन ड्रोन परीक्षण गरेको थियो । गत बिहीबार र शुक्रबार राति यसको परीक्षण गरिएको थियो । बिहीबार राति मेची नगरपालिकाको दुवागढीमा आएका सातवटा र शुक्रबार राति साढे २ बजे भद्रपुर नगरपालिकाकै जलथल क्षेत्रमा आएका पाँचवटा जङ्गली हात्तीलाई यो ड्रोनले धपाएको थियो । विद्यार्थी प्रधानको सानैदेखि नयाँ–नयाँ खोज अनुसन्धान गर्ने बानी थियो । खासगरी कम्प्युटर तथा इलेक्ट्रोनिक्स क्षेत्रमा विशेष रुचि रहेको उहाँले बताउनुभयो ।

प्रधानको प्रतिभा देखेपछि भद्रपुर नगरपालिकाले समेत साइरन ड्रोन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाको लगानी भएकाले ड्रोनमा ‘भद्रपुर नपा साइरन ड्रोन’ लेखिएको छ । कुल अढाई लाख रुपियाँको खर्चमा यो ड्रोन तयार भएको प्रधानको भनाइ छ । झापा जङ्गली हात्तीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । यहाँ हात्तीको प्रभाव न्यूनीकरण गर्न विभिन्न योजना सञ्चालन भएका छन् ।

जिल्लाको दक्षिणपूर्वी कचनकवल गाउँपालिकादेखि पूर्वी–उत्तरमा मेची नगरपालिकाको बाहुनडाँगीसम्मको १५२ किलोमिटर क्षेत्रलाई हात्ती कोरिडोर क्षेत्र घोषणा गरिएको छ । यहाँ पूरै विद्युतीय तारबार लगाउने योजना छ । अहिलेसम्म ४३ किलोमिटर तारबार लगाइसकिएको छ । जिल्लामा अहिलेसम्म जङ्गली हात्तीको आक्रमणबाट मात्र ३९ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर