Aamsanchar

आलमको बचाउमा उत्रिएका देउवाको कुरा फेरियो

Author Image
शनिवार, कार्तिक २, २०७६

काठमाडौं  । सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् ।

शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् ।

१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै देउवाले त्यतिबेला के हेरेर बसेको भन्दै प्रश्न गरेको थिए । उक्त अभिव्यक्तिलाई संशोधन गर्दै विज्ञप्तिमार्फत देउवाले भने, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।

कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क छ । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।

२०६४ सालमा सम्पन्न पहिलोे संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा रौतहटमा केही मानिसको मृत्यु भएको थियो । केही घाइते भएका थिए । तर प्रमाण नष्ट गर्नका लागि उनीहरुलार्ई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि असोज २६ गते आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर