Aamsanchar

बीपीतिष्ठानभित्र औषधिमा दलालको हालिमुहाली

Author Image
शनिवार, कार्तिक २, २०७६

सुनसरी । औषधी भन्ने वित्तिकै मानिसकालागि सम्वेदनशिल उपभोग बस्तुमा पर्छ, औषधीका लागि मानिसले आफ्नो जायजेथा सबै बेचेर र नपुगेर ऋण काडेर अस्पताल आएको हुन्छ तर अस्पताल जस्तो पवित्र सेवामुलक स्थानमा पनि दलालको चंगुलमा फसेर धेरै बिरामीले धन र ज्यान गुमाई रहेका छन । त्यस्तै वेथिती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको छ । औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुलाई लेखेर दिने गरेको पाइएको हो ।

भारतमा उत्पादन भएका यस्ता भिटामिन अत्यन्तै महंगो हुने त्यस्तै काम गर्ने भिटामिन नेपालमा उत्पादन गरिएको भए पनि चिकित्सकले विरामीलाई नदिने गरेको अनुगमनमा आउनु भएका औषधि विभाग विराटनगरका निमित्त प्रमुख सञ्जिव कट्टेलले बताउनुभयो । यस्ता भिटामिन अत्यन्तै महंगो पर्ने भएकोले सर्वसाधारणको पहुचभन्दा बाहिर रहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो ।

१३ वटा औषधि पसलमा गरेको अनुगमनका क्रममा वायोफिक, सोनेविट, रेभिट प्लस, हाइलाइफ, वाइस्टे एड्भान्स लगायतका औषधि विभागमा दर्ता नभएका १ सय २० प्रकारका भिटामिन पाइएको र यी सबै औषधि चिकित्सकले विरामीलाई खानका लागि लेखिदिन गरेको पाइएको उहाको भनाइ थियो । प्रतिष्ठानभित्र यस्तो वेथिति भेटिएपछि औषधि विभागका कर्मचारीहरुले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा।डा। गुरु खनाल, अस्पताल निर्देशक प्रा।डा। गौरीशंकर अग्रवालसंग छलफल गरेपछि ७ दिनभित्रमा यो समस्या समाधान गर्ने र चिकित्सकहरुलाई यस्ता भिटामिन नलेख्न निर्देशन दिने सहमति भएको औषधि विभागका निमित्त प्रमुख कट्टेलले बताउुभयो ।

यस्तै अनुगमनका क्रममा केही औषधि पसलमा लाइसेन्सधारी नबनेर अन्य न बसेका र अनुगमनकै क्रममा तीन वटा मेडिकल पसल भागेको उहाको भनाई छ । यसरी सटर बन्द गरेर भागेका औषधि पसलमा शिल गरिएको उहाले जानकारी दिनुभयो ।

यता औषधि पसलका सञ्चालकहरुले भने भन्सार , कर तिरेर ल्याएको सामान र चिकित्सकले नै लेखेर दिने गरेको सामान कसरी अवैधानिक भयो भन्दै अनुगगमनमा आएका विभागका कर्मचारीहरुलाई अनुगमनम अवरोध पु¥याएका थिए । उत्पादन गर्ने कम्पनीबाट यस्ता सामान ल्याउदा कतै अवरोध नहुने, चिकित्सकले समेत यह औषधि लेखेर दिने र कर कार्यालयले समेत कर लिने भएपछि आफूहरुले यसलाई अवैधानिक भन्न नमिल्ने उनीहरुको तर्क थियो ।

उत्पादनकर्ताले उत्पादन गरेको यस्ता भिटामिन सहज रुपमा नेपाल आउनु, चिकित्सकले यही औषधि प्रयाग गर्न लेखेर दिने विरामीले पनि चिकित्सकले लेखेको औषधिले ठीक हुन्छ भन्दै निर्धक्कसंगै त्यही औषधि लिएर जाने गरेका कारण व्यवसायीहरुले आम विरामीको कुरा मान्न हो कि, चिकित्सकको कुरा मान्ने वा नेपाल ल्याउन अनुमति दिने निकायलाई मान्ने भन्ने कुरा व्यवसायी नै अन्यौलमा परेको अनिता मेडिकल हलका सञ्चालक वीरेन्द्र गुप्ताले बताउनुभयो । उहाले सबै प्रक्रिया पु¥याएर ल्याएको र विक्री गरेका कारण व्यवसायी डराउनुपर्ने कुरा कही कतै नभएको स्पष्ट पार्नुभयो । औषधि पसल सञ्चालकहरु भने आफूहरु चिकित्सकसंग मिलेर कमिशन खाने गरेको आरोप स्वीकार्न चाहदैनन् । उनीहरुले भिटामिन उत्पादन गर्ने कम्पनीसंग नै चिकित्सकहरुको साठगाठ हुने गरेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर