Aamsanchar

भारतले रोकेपछि नेपालमा चीनबाट भित्रिन थाल्यो प्याज लगायत तरकारी

Author Image
शनिवार, कार्तिक २, २०७६

नेपाल आफैमा नरामा भएपनि कृषि प्रधान देश हो, यस्तै समस्याका कारण कृषि जन्य उत्पादनको खपत प्रयोगका लागि भारतकै भर पर्नु पर्ने हुन्छ नेपालले, नेपालको कमजोरीलाई बुझेर विभिन्न बहानामा भारतले नेपालमा कृषि लगायतका बस्तुहरु बेला बखत निर्यात रोकेर नेपालीलाई संकट पार्ने गरेको धेरै उदाहरणहरु छन । हाल आएर भारत सरकारले प्याज निर्यात रोकेपछि नेपाली बजारमा चिनिया प्याज भित्रिन थालेको छ । भारतले प्रतिबन्ध लगाए लगत्तै रसुवागढी नाका भएर असोजमा मात्रै साढे दुई लाख किलो हाराहारी प्याज आयात भएको छ ।

रसुवागढी भन्सार कार्यालयका अधिकृत पुण्य बिक्रम खड्का अनुसार यस नाकाबाट एक महिनामा २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको हो । खड्काका अनुसार आर्थिक वर्ष ०७५र०७६ मा यो नाका भएर प्याज आयात भएको थिएन ।

नेपाली व्यावसायीले प्रस्तुत गरेको भन्सार बिजक अनुसार असोज महिनामा आयात भएको प्याज १ करोड २२ लाख ५१ हजार रुपैयाँ भन्दा धेरैको हो । ताराबहादुर बस्नेत र लाक्पा छिरिङ्ग नाम गरेका दुई जना व्यवसायीले चीनबाट प्याज भित्र्याएको रसुवागढी भन्सारको अभिलेखमा छ । आर्थिक वर्ष ०७५र०७६ मा नेपालले १६ करोड ७९ लाख केजी प्याज आयात गरेको थियो ।

भारतको केन्द्र सरकारले मूल्य आकासिन थाले पछि असोज १२ गते देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत सरकारको भनाई थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर