Aamsanchar

रवी लामिछानेले विदेश जानु परेमा अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनले गर्यो खारेज

Author Image
शनिवार, कार्तिक २, २०७६

काठमाडौँ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उपचारका लागि विदेश जानु परेमा चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने आदेश उच्च अदालत पाटनको हेटौंडा इजलासले खारेज गरेको छ । यो मुद्दामा चितवन जिल्ला अदालतबाट भएका अरु आदेशहरु सदर भए। चितवन जिल्ला अदालतबाट गएको भदौ ९ गते यो मुद्दामा थुनछेक आदेश भएको थियो।

‘अभियुक्त रहेका रवि लामिछाने र युवराज कँडेल औषधि उपचारका लागि विदेश जानु पर्‍यो भने चितवन जिल्ला अदालतको अनुमति लिएर मात्रै जान सक्ने भन्ने चितवन जिल्ला अदालतको आदेश यहाँबाट बदर भएको छ। अरु सबै आदेशहरु सदर भए’ उच्च अदालत पाटनको हेटौंडा इजलासका सूचना अधिकारी अमृत घिमिरेले भने। सो मुद्दामा लामछिाने र कँडेलसहित अर्का एकजना अस्मिता कार्की विरुद्ध पनि मुद्दा दायर भएको थियो।

चितवन जिल्ल अदालतले रवि लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडेको थियो। जिल्ला न्यायाधीश हेमन्त रावलको आदेशले रवि धरौटीमा रिहा भएका थए्। यस मुद्दामा अन्य अभियुक्त अस्मिता कार्की भन्ने रुकु साधरण तारेखमा र युवराज कँडेल तीन लाख धरौटीमा छुटेका थिए। धरौटी लिएर र साधरण तारेखमा छाड्ने आदेशका साथै अदालतले अन्य पुरक आदेशहरु पनि दिएको थियो।

चितवन अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म प्रस्तुत मुद्दाको विषय वस्तुलाई लिएर कार्यक्रम सञ्चालन गर्न नपाइने र मुद्दा प्रभावित हुने गरेर सार्वजनिक अभिव्यक्ति दिनसमेत बन्देज लगाइएको छ। यो विषयमा फेसबुक, लाइभ, ट्वीटर, युट्युब लगायतका सामाजिक सञ्जाल एवं सार्वजनिक सञ्चार माध्यममा विचार वा प्रतिकृया स्वदेश वा विदेशमा पनि व्यक्त गर्न नपाउने गरी आदेश भएको थियो। उच्च अदालतले पनि यी आदेशहरु कायम राखेको छ। चितवन जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ मा उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएका थिए।

बिहीबार चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै अन्तिम आदेश गरेको हो। चितवन जिल्ला अदालतको आदेश विरुद्ध रवि लामिछाने लगायतका अभियुक्तहरुले सर्वोच्च अदालतमा पनि निवेदन गर्न पाउने छन्। आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर