Aamsanchar

शनिस्चरे र महानन्द चोकमा कालोपत्रे हुने

Author Image
शुक्रवार, कार्तिक १, २०७६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले शनिश्चरे बजार र महानन्द चोकमा तत्काल एक किलोमिटर सडक बनाउने भएको छ । डिभिजन सडक कार्यालयसँग शुक्रबार भएको छलफलमा महानन्द चोकमा एक किलोमिटर सडक निर्माणका लागि प्राप्त बजेटले शनिश्चरे चोकमा समेत सडक निर्माण गरिने भएको हो ।

‘महानन्द चोकमा ३ सय मिटर र बाँकी ७ सय मिटर शनिश्चरे चोकमा सडक बनाउनु अहिलेको प्राथमिकतामा परेको छ, नगरपालिकाका मेयर हरिकुमार रानाले भने–‘जनताले शास्ती पाएको स्थानलाई नगरले महत्व दिएर काम गर्छ ।’ उनले डिभिजन सडक कार्यालयसँग प्राथमिकताका आधारमा सडक निर्माण गर्ने सहमति भएको जानकारी दिएका छन् । डिभिजन सडक कार्यालय दमकका प्रमुख श्यामकुमार यादबले नगरपालिकाले ‘राइट अफ वे’ तयार गरेको अवस्थामा सडक निर्माणलाई प्राथमिकतामा राख्ने बताए । उनले ढल निर्माणका लागि नगरपालिकाले चासो देखाए सडक बनाउन कुनै अप्ठ्यारो नपर्ने बताए । मेयर रानाले तोकिएको मापदण्ड बमोजिमको जमिन खाली गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

संघीय सरकारले बजेट बिनियोजन भएपछि बिर्तामोडबाट शनिश्चरे हुँदै इलाम सदरमुकाम जाने छोटो दुरीको सो मार्गलाई बेवारिसे बनाएको भन्दै मेयर रानाले आपत्ति प्रकट गरे । संघीय सरकारले सो सडकलाई हाल प्रदेश मातहतमा स्वामित्वको बनाएको छ । प्रदेशले बजेट बिनियोजन नगरेको कारण यसबर्ष सो सडक बन्न नसक्ने भएको हो । नगरपालिकाको सक्रियतामा यसअघि संघीय सरकारबाट मर्मतका लागि बिनियोजन भएको रकमले एक किलोमिटर नयाँ सडक निर्माण हुने भएको छ ।

बिर्तामोडबाट शनिश्चरे ५ र खुदुनावारी साढे १३ किलोमिटरको दुरी छ । यो सडकमा पटक–पटक डिपिआर भएर पनि निर्माण हुन नसकेको हो । सडक बिभाग भने राइट अफ वे क्लियर नभएका कारण ड्रेन नभई कालोपत्रे गर्न नसक्ने भन्दै पन्छिने गरेको छ । छलफलमा मेयर रानाले ड्रेन निर्माण गर्ने जिम्मा नगरपालिकाले लिएको बताएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर