Aamsanchar

शोकाकुल दर्जी परिवारलाई २५ हजार सहयोग

Author Image
शुक्रवार, कार्तिक १, २०७६

अर्जुनधारा । कुवेतमा मृत्यु भएकी गीता दर्जीको परिवारलाई काठमाण्डौबाट सव झापा ल्याउनका लागि वुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।  समाजले शुक्रवार सुखानीमा  मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । त्यस्तै संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कतरले १० हजार २५ रुपैयाँ सहयोग गरेको छ ।

मृतक दर्जीका ससुरा खिनमान दर्जीलाई  सो सहयोग रकम हस्तान्तरण गरिएको छ । त्यसैगरी एलम्वर टाइम्सका सम्पादक दिपिन राईले २ हजार ७ सय सहयोग गरेका थिए ।   दर्जीको मृत्यु असोज १३ गते कुवेतमा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)