Aamsanchar

तीन महिनामा साढे ४% मात्र पुँजीगत खर्च

Author Image
शुक्रवार, कार्तिक १, २०७६


सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन–असोजको अवधिमा पुँजीगत खर्च १८ अर्ब ३६ कारोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च भयो । यो कुल लक्ष्यको ४/४१ प्रतिशत मात्र हो । यस आवमा सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ । त्यसैले बाँकी ९ महिनामा सरकारले ९५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।

चालु खर्च भने १६/३८ प्रतिशत पुगिसकेको छ । तीन महिनामा १ खर्ब ५६ अर्ब ७१ करोड रुपैयाँ चालु खर्च भएको हो । वित्तीय व्यवस्थामा यस अवधिमा १/७२ प्रतिशत खर्च भएको छ । कुल बजेट खर्च भने तीन महिनामा ११/६१ प्रतिशत पुगेको महालेखाको तथ्यांक रहेको छ । तीन महिनाको अवधिमा सरकारले १६/४३ प्रतिशत राजस्व उठाउन सकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर