Aamsanchar

मेचे शिवियारी आफात समाजको केन्द्रिय अधिवेशन सम्पन्न

Author Image
शनिवार, कार्तिक २, २०७६

बिर्तामोड । मेचे समुदायको हितको लागी गठन गरिएको मेचे शिवियारी आफात समाजको सम्पन्न अधिवेशनले हल्दिवारीका युवा नेता रन्जित मेचेको अध्यक्षतामा केन्द्रिय कमिटी निर्वाचित गरेको छ ।

नेपालको लोपोन्मुख जातिको रूपमा रहेका मेचे समुदाय हल्दिवारी ,मेची नगर ,कचनकवन ,बाह्रदसी ,कमल ,बिर्तामोड ,भद्रपुर नगर पालिकामा मात्रै रहेको पाइन्छ । हाल ५ हजार को हाराहारीमा रहेका यो समुदायको हितको लागी गठन गरिएको आफातले तिन वर्षीय कार्यकालको लागी १५ सदस्य केन्द्रिय कमिटी गरेको हो ।

नवनिर्वाचित केन्द्रिय कमिटी देहाय बमोजिम रहेको छ ।

अध्यक्ष स् रन्जित मेचे ,वरिष्ठ उपाध्यक्ष स्अग्निमाया मेचे ,उपाध्यक्ष स् सन्तोष मेचे ,महासचिव स् विरेन मेचे , सचीव स् बिनोद मेचे , कोषाध्यक्ष स् नरेन्द्र मेचे त्यस्तै सदस्यहरु प्रमिला राई मेचे , अन्जना मेचे , राजकुमार मेचे ,देवेनलाल मेचे ,मंगल मेचे ,अर्जुन मेचे , सावन मेचे ,कविता मेचे ,सुनिराम मेचे निर्वाचित भएको नवनिर्वाचित केन्द्रिय अध्यक्ष रन्जित मेचेले बताउनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर