Aamsanchar

डेढ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडियो

Author Image
शुक्रवार, कार्तिक १, २०७६

काठमाडौं, कात्तिक १ ।  २०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । वैशाखएता प्राधिकरणले आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् ।

गत आर्थिक वर्षभरिमा ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थप भएको थियो । निजी क्षेत्रका आयोजनाहरूबाट ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै बिजुली उत्पादन थालिएको थियो । यो आर्थिक वर्षमा भने ९ सय मेगावाट उत्पादन थपिने नेपाल विद्युत् प्राधिकरणको आकलन छ ।

यस आर्थिक वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै उनले आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।

‘लक्ष्यअनुसार काम भयो भने माथिल्लो तामाकोशीसहित ११५० मेगावाटका आयोजनाहरूले यस वर्षको अन्त्यसम्म उत्पादन थाल्नेछन्,’ घिसिङले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर