Aamsanchar

झापामा अहिले सम्मकै ठुलो कोटिहोम धार्मीक महोत्सव आयोजना हुने

Author Image
बुधवार, असोज २९, २०७६

झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ । माहाभारतकालिन ईतिहास संग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछी सरकारी स्तरबाटै आयोजना हुन लागेको बताईएको छ ।

यस अघि गोलोक गोवद्र्धन गौशालाले कोटिहोमको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौसालाले जिल्लाका सवै स्थानीय सरकार संग यस अघि गरेको छलफलले उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्द किशोर भारद्धाजले जानकारी दिएका छन ।

शिवसताक्षी नगरपालिकामा आज जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसासकिय अधिकृतको बैठकले सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डको कोटिहोम मुल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । शिवसताक्षी
नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा सह संयोजक रहेको सो समितिमा सतासीधाम मन्दिर बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा सदस्य सचिव चयन भएका छन ।

जिल्लाका १४ वटा स्थानिय तहका प्रमुख र १५ वटा स्थानीय तहका उप प्रमुख आयोजक समितिको सदस्य मा चयन भएका छन । यस्तै झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर राणा र जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक दिनेश राज मैनाली सहित जिल्ला स्थीत सरकारी कार्यलयका प्रमुख कोटिहोम आयोजक मुल समारोह समितिको सदस्यमा चयन भएका छन ।

यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर १ देखी ४ सम्मका संघिय साँसद र जिल्लाका १० वटै प्रदेश सभाका सदस्य सल्लाहकार समितिमा चयन भएका छन । कार्तिक २७ देखी मंसिर ९ गते सम्म आयोजना हुने सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डको कोटिहोमको उद्धघाटन नवगठित आयोजक समितिले राष्ट्रपती विद्यादेवी भण्डारीबाट उद्धघाटन गराउने गरी आजै देखी तयारी शुरु गरेको आयोजक समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षीत गरि आयोजना हुन लागेको सो कार्यक्रममा श्रीमद्देवीभागवत संगितमय कथा समेत हुने गोलोक गोवद्र्धन गौसालाका अध्यक्ष तथा सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डीय कोटिहोमका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले बताएका छन ।

धार्मीक महोत्सवमा विदेशका १५ सय भिआईपि र ३० हजार सर्वसाधरण पर्यटक आउने आयोजकको लक्ष्य रहेको छ । यस्तै नेपालका करिव ५ लाख आन्तरिक पर्यटक सताक्षीधाम मा आउने वातावरण हुने आयोजक समितिका सह संयोजक शेर्माले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर