Aamsanchar

टिका लगाईदिने तर्फ ध्यान केन्द्रित हुदाँ बालिकाको मृत्यु

Author Image
बुधवार, असोज २२, २०७६

झापा । माछा पोखरीमा डुवेर झापामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका नरमोद राईको ३ वर्षीय छोरी थानिया राईको बुधबार सबहान छिमेकीको माछा पोखरीमा डुवेर मृत्यु भएको स्थानीय दुर्गा नेम्वाङ्गले बताए।आफ्नै दिदीहरुसंग खेल्न बाटोमा निस्किएकी थानिया हराएपछि खोजी गर्ने क्रममा माछा पोखरीमा डुवेको अवस्थामा फेला परेकी थिइन् ।

थानियाको घर र माछा पोखरी ३ सय मिटरको दूरीमा छ । स्थानीय ज्योफ्री ईङलिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत थिईन । दशैंमा टीका थाप्न घरमा पाहुना आएका थिए । पाहुँनालाई टिका लगाई दिने ध्याउन्तको  बेला  बालिका प्रति ध्यान पुग्न नसक्दा खेल्दै जाने क्रममा थानिया माछा पोखरीमा डुवेकी स्थानीयबासीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर