Aamsanchar

दशैकोबेला अपच भएर समस्यामा पर्नु भएको छ ? कारण र समाधान यस्ता छन ।

Author Image
बुधवार, असोज २२, २०७६

सबैभन्दा बढी सताएको समस्या भनेको पेटकै हो । पेटको समस्या उत्पन्न हुनुमा मुख्यतस् कुनै बेला उपवासको नाममा भोक(भोकै बस्नु र कुनै बेला बेस्सरी खानु पनि मुख्य कारक हो ।

हाम्रो भोजनमा प्रतिदिन प्रोटिन, भिटामिन, कार्बोहाइड्रेड, खनिज तथा चिल्लो पदार्थ आदि रहेको हुन्छ । हामीले खाएका त्यस्ता भोजनलाई पचाउन प्रतिदिन नै हाम्रो शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्याल सहित टाइलिन, ग्यास्ट्रिक जुस नामक तत्वहरु उत्पादन हुन्छ । जसले भोजनलाई पचाउने काम गर्छन् ।

यो पटकको दसैं अझै जारी छ । स्वभावतस् दसैंमा अरुबेला भन्दा धेरै नै माछा(मासु तथा मादक पदार्थको खपत हुने गर्छ । जसले गर्दा अधिकांश ब्यक्तीहरुलाई खाना नपच्ने समस्या उत्पन्न हुनेगर्छ । यस्ता कृयाकलापहरु याद्रिच्छिक कृयाकलापहरु हुन् । याद्रिच्छिक कृयाकलापहरु हामिले थाहै नपाई हुने गर्छन् । जस्ले गर्दा खाना पचाउन हामीले अतिरिक्त दिमाग लगाइरहनु पर्दैन तर कतिपय अवस्थामा हाम्रो आफ्नै असावधानीका कारण खाना नपच्ने भएर स्वास्थ्यमा गम्भिर असर पर्न जान्छ । कुसमयमै बिभिन्न रोगको शिकार भएर ज्यान पनि जान सक्छ ।

खाना नपच्नुलाई अपचरअजिर्ण भएको भन्ने गरिन्छ । अपच कसरी हुन्छ र यस्तो नहोस् भन्नका खातिर के गर्नुपर्छ त रु

अपच हुनुको कारण :

– भारी खाना, धेरै खानु– कुसमयमा खाना खानु

– राम्रोसँग नचपाइकन खानु

– धेरै मानसिक परिश्रम गर्नु

– शारीरिक परिश्रम नगरी आराम गर्नु

– चिया, कफी, रक्सी, चुरोट धेरै मात्रामा सेवन गर्नु

– बासीखाना वा अत्याधिक पिरो मसालेदार खाना खानु

– राती धेरै समयसम्म बस्नु

– डर, रिस, इर्श्या तथा मनमा ग्लानी हुनु

– मन नलागेको खाना जबरजस्ती खानु

– खाना खाइसकेपछि धेरै पानी पिउने बानी आदि ।

अपचका लक्षणहरु :

– भोक लाग्दैन

– जीउ भारी भए जस्तो हुन्छ

– अमिलो डकार आउँछ

– छाती पोलेको जस्तो हुन्छ

– उल्टी हुन्छ

– पेट फुल्छ

– टाउको भारी हुन्छ

– मुटुको धडकन बढछ

– शरीर आलस्य हुन्छ

– जिब्रोमा फोहोरको पत्र लाग्ने थाल्छ

– जब रोग पुरानो हन्छ तब पेटमा ग्यास बन्ने समस्या देखापर्छ

अपच भइसकेपछि के-के खाने ?

– नियमित रुपमा समयसै सन्तुलित, हल्का खाना खाने, पुरानो चामलको भात खाने ।

– सुत्नुभन्दा तीन चार घण्टा पहिले नै राम्रोसँग चपाएर खाना खाने ।

– खाना खानुभन्दा अगाडी र पछाडी अदुवा र कागतीको रस आधा आधा चम्चा लिने र एक चिम्टी नुन मिसाएर खाने ।

– नरिवलको पानी, काँचो गिरी, दही, मुला, सलगम, गाँजर, प्याज, अनारस, कागती, अदुवा खानासँगै या पछि नियिमत रुपमा खाने ।

– बेथेको साग र काँचो मेवा खाने ।

अपच भइसकेपछि के के नखाने ?

– धेरै बास्नादार, वासी, आधा पोकेको खाना नखाने

– मीठो लाग्यो भन्दैमा एकै चोटी धेरै खाना पनि नखाने

– अमिलो, पिरो, मसला, गरम मसला, वेसनबाट बनेको चीज, सुन्तला, टमाटर, कागती, कफी धेरै मात्रामा खानु हुँदैन

– पान, बिँडी, चुरोट, तमाखु, रक्सीबाट टाढै रहने

– राती दही नखाने

– खाना खाएपछि तत्कालै धेरै पानी नपिउने

अपच भइसके पछि के-के गर्ने र ?

– सुर्योदय हुनुभन्दा अगाडी नै उठेर घुम्न जाने र शारीरिक व्यायम गर्ने

– सँधै नुहाउने

– बिहान खाली पेटमा सधै एक गिलास पानी पिउने

अपच भइसकेपछि के(के नगर्ने रु

– राती अबेलासम्म जागै नबस्ने

– खाना छिटो(छिटो नखाने र वीच(वीचमा पानी पनि नपिउने

– सम्भोगमा धेरै नगर्ने

– छिटो-छिटो हडबडीमा काम नगर्ने

– रिसाउन छोडने

यसका अलावा खानालाई मुखमा राखेपछि नहतारिकन राम्ररी चपाउने । जसले गर्दा मुखको र्‍यालमा रहेका ‘टायलिन’ नामक पाचनतत्त्व उचित परिमाणमा खानासँग मिसिन पाएर खानालाई सजिलोसँग पचाउनयोग्य बनाउँछ । यसरी खानपानमा राम्रोसँग ध्यान दिएमा स्वथ्य र दिर्घायु बन्न सकिन्छ ।

यी हुन् अपच हुने ६ कारण

पाचन प्रणालीमा गडबडी भई खाना नपच्ने समस्या हुनुलाई अपच भनिन्छ। कुबेला भोजन गर्ने तथा एउटा खाना नपच्दै अर्को खानेकुरा खाइयो भने राम्रोसँग पच्दैन। यस्तै कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुन्छ। तर यसबाहेक अन्य कारण पनि हुन्छन्। जसले अपचको समस्या ल्याउँछ।

अपचका लक्षण

भोक नलाग्ने, खुट्टा दुख्ने, छाती पोल्ने, पेट गह्रौं हुने तथा दैनिक दिक्क लाग्नेजस्ता समस्या आउँछन्। यसका साथै पसिना आउने तथा निद्रा नपर्नेजस्ता लक्षण पनि देखिन्छन्।

अपच हुनुका कारण

कलेजो बिग्रिनु

कलेजो शरीरको सबैभन्दा महत्वपूर्ण अंग मानिन्छ। यो बिग्रियो भने शरीरको पूरै व्यवस्था प्रभावित हुन्छ। कलेजोसँग हाम्रो शरीरका अन्य क्रिया जोडिएको हुन्छ। यसले शरीरमा मेटाबोलिजममा रूपान्तरण गर्न मुख्य भूमिका निर्वाह गर्छ। यसका साथै मधुमेह र चिल्लोको नियन्त्रण पनि गर्छ। जसले गर्दा कलेजोमा समस्या आउँछ र अपच हुन्छ।

भोकभन्दा बढी भोजन

अचप हुनुको अर्को कारण हो– भोकभन्दा बढी भोजन गर्नु। भोक नलागी भोजन गर्नेले खाना राम्रोसँग चपाएर पनि खाँदैनन्। जसले गर्दा आमाशयले खाना पचाउन सक्दैन।

खानेबित्तिकै सुत्नु

खाना खानेबित्तिकै सुत्ने गर्दा पनि अपचको समस्या आउँछ। जो भोजन गर्नेबित्तिकै सुत्छन् या बसेर काम गर्छन्। उनीहरूमा पनि अपचको समस्या आउँछ। खानेबित्तिकै कुनै क्रियाकलाप नगरी बसेमा खाना पच्न पाउँदैन।

धूमपान तथा मद्यपान

धूमपान तथा मद्यपान गर्नाले पनि अपचको समस्या आउँछ। यी अम्मलले खाना नलीको पछि ताप उत्पन्न हुन्छ। मद्यपान तथा धूमपानले पेटमा रसायन उत्पन्न गराउँछन्। जसले अपचको समस्या ल्याउँछ।

सानो आन्द्रामा किटाणु

सानो आन्द्रामा किटाणु भएमा पनि अपचको समस्या आउँछ। यद्यपि यस विषयमा अहिलेसम्म अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन। तर कुनै पनि किटाणुको संक्रमण कुनै बेला अपचको कारण बन्छ। यसको हाइड्रोजन श्वास परीक्षणबाट पत्ता लगाउन सकिन्छ।औषधिका कारणकुनै औषधि यस्ता हुन्छन्, जसले अपचको समस्या ल्याउँछन्। जस्तोः दुखाइ नाश गर्ने बु्रफिन, एस्पिरिन, स्टेरायडलजस्ता औषधिहरूको सेवनले अपचको समस्या निम्त्याउँछ। यसकारण सकेसम्म यस्ता औषधि खानु हुँदै

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)