Aamsanchar

वीएण्डसी हस्पिटलमा दशै संस्कार

Author Image
मङ्गलवार, असोज २१, २०७६

दशैको महत्व परदेशमा रहने अनि विरामी भएर अस्पताल भर्ना हुने देखि उपचारमा संम्लग्न बनेका नेपाली स्वास्थ्य कर्मीलाई जती महत्व सायदै अरुलाई हुदैन होला । विजया दशमीको दिन अस्पतालमा रहेका विरामी र स्वास्थ्यकर्मीहरुलाई दशै खल्लो महसुस हुन नदिन विर्तामोड स्थित वीएण्डसी टिचिङ हस्पिटलमा मंगलबार दशै मनाईएको छ ।

विगतका बर्ष झै यसबर्ष पनि विरामी, स्वास्थ्यकर्मीहरुलाई टिका लगाएर र फलफुल वितरण गरेर दशै मनाईएको हो । दशैको उलासमय वातावरणकै वेला उपचार्थ रहेका विरामीलाई वेडवेडमै पुरेर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले टिका लगाई दिएका थिए । त्यस्तै गरि दशै जस्तो महान चाडमा पनि आफ्नो घर परिवार नातागोता भोटघाट रमाईलोलाई त्यागेर मानविय सेवामा तल्लिन बनेका डाक्टर देखि नर्स र कर्मचारीहरुलाई पनि निर्देशक प्रसाईले टिका लगाई शुभकामना दिएका थिए । उक्त समयमा आफ्नो पिडालाई भुलेर टिका थाप्ने सबैमा खुशीयाली छाएको थियो ।

दशै मनाउने प्रचलन अस्पतालको स्थपानाकाल देखि देखिनै सुरु गरिएको र यो कार्य संस्कारको रुपमा वीएण्डसीमा स्थापना भएको अस्पतालका प्रवक्ता प्रमिस गिरीले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर