Aamsanchar

दशैँको वेला नयाँ पक्की घर पाउदा १० विपन्न परिवार दंग

Author Image
शनिवार, असोज १८, २०७६

बिर्तामोड – झपाको पहिलो भद्रपुर नगरपालिकाले दशैँको अवसर पारेर अतिविपन्न परिवारलाई नयाँ पक्की घर बनाई दिएको छ ।

भद्रपुर–१ को बाहाटोलमा रहेको सन्थाल बस्तीका १० घर परिवारलाई नगरपालिकाले पक्की घर दिइएको हो । दुई शयनकक्ष, एउटा भान्छाकोठा, शौचालय र बण्डासहित को चिटिक्क परेको घर चार लाख २६ हजारका दरले निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले बताए । उनका अनुसार विपन्नताको आधारमा छनोट भएका परिवारलाई घर निर्माण गरी दशैँको अवसर पारेर हस्तान्तरण गरिएको हो ।

भद्रपुरको वडा नं १ र ३ मा यस वर्ष २४ घर निर्माण गरिएको भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठले बताईन । रञ्जितकारले भने बाँकी १४ घरको समेत निर्माणकार्य सकिनै लागेकाले तिहारअघि नै अन्य विपन्न परिवारलाई हस्तान्तरण गरिने छ ।

वषौँदेखि माटो र खरको कच्ची घरमा जीवन गुजार्दै आएका सन्थाल समुदाय दशैँको बेला नयाँ पक्की घरमा बस्न पाएपछि दंग भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर