Aamsanchar

बलि वाध्यता कि बिकृती ?

Author Image
शनिवार, असोज १८, २०७६


बलि प्रथा विवादमा छ अहिले । कसैको रमाइलोका लागि कसैको जीवन समाप्त पार्ने कुरा चित्त नबुझ्दो छ । बलि प्रथाको पछाडि पनि अहिंसा मिसिएको छ । जथाभावि मानिसले पशु हिंसा नगरुन भनेर प्राचिन ऋषिहरुले एउटा व्यवथा गरे । जथाभावि पशु हिंसा नगर्नका लागि विधि तय गरिएको छ । तर हतियार उठाई हत्या गरिहाल्न पाइन्न । पशुको बलि दिँदा विधि बनाइएको छ । शास्त्र अनुसारको बलि भएको छैन । बलि दिनका लागि युवा पशु हुनु पर्ने भनिएको छ । स्त्री पशुलाई बलि दिन्न पाइन्न, निरोगि हुनुपर्छ । नियम पुरयाएर बलि नदिइकाले वलि दिनेहरुले पनि पुण्य पाएका छैनन ।

वलि दिने कुरा शास्त्रमा नभएको होइन । विधि पुरयाएर वलि दिँदा पुण्य हुन्न म भन्दिन । किनकी सामान्य मान्छेले शास्त्रका सबै रहस्य बुझेका छन् भनेर अहंकार गर्न पनि हुन्न । विधि पुर्याउन नसके त्यो कर्म नगर भन्छ शास्त्रले । गढिमाईको बलि होस् वा दशैको बेलामा देवीपीठहरुमा दिइने बलि नै किन नहोस् त्यो दानविय नृसंस हत्या हुन्छ । त्यहाँ बलिको विधि नै पुगेको हुँदैन । पुजारी सबैलाई हतार हुन्छ । जसले गर्दा विधिलाई लत्याइएको छ ।

एउटा वलि दिनका लागि कतिबेर बेद मन्त्र पढ्ने, कसरी अभिमन्त्रण गर्ने, कुन प्राथर्ना गर्ने जस्ता सबै विधि लत्याइएको छ । यो विकृति हो त्यसलाई सकेसम्म त्यसलाई हटाउनु पर्छ । चेतनाको जागरण हुनु पर्छ । भाकल गर्ने कुराहरु पनि अन्ध विश्वासमा आधारित छ । विधि पुरयाउन सकिन्न भने देवी देवताका मन्दीरमा लगेर कसैको जीवनलाई अत्य गर्ने र हत्या गर्ने काम राम्रो होइन । विधि पुरयाएर गर्नेहरुका लागि मेरो कुनै सिकायत छैन ।

वरिष्ठ साहित्यकार एवं संस्कृतिवीद मुकुन्द शरण उपाध्यायसँग गरेको कुराकानीमा आधारित

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)