Aamsanchar

व्यापार घाटा कम हुदै , निर्यात २५ प्रतिशत बढ्यो

Author Image
शनिवार, असोज १८, २०७६

काठमाडौं असोज १८ । एतिखेर निर्यात बृद्धिसँगै मुलुकको व्यापार घाटा घटेको पछिल्लो दुई महिनाको तथ्यांकले देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ । यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष ०७५र७६ को दुई महिनामा नेपालले १४ अर्ब ६९ करोड ९० लाख २० हजार बराबरको वस्तु निर्यात गरेको थियो । तर, चालु आर्थिक वर्ष ०७६ र ७७ को दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो अवधिको तुलानामा २५.८७ प्रतिशतले बढी हो ।

यस्तै आयात भने १.२२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दुई महिनामा नेपालले २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजारको आयात गरेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा आयात २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार मात्रै छ, जुन अघिल्लो आवको सही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर