Aamsanchar

दशैंमा कसरी मिठो परिकार बनाउने ? कुकिङ कला सिक्नुहोस् ।

Author Image
शुक्रवार, असोज १७, २०७६

मानिसलाई अलग–अलग स्वाद मनपर्ने हुन्छ । दशैंमा अधिकांश परिवारमा खसी बोका काट्ने गरे पनि कुखुरा, च्याङ्ग्रा, माछा अष्ट्रिजलगायतको परिकार बन्ने गरेको छ ।

दशैंको बेला मासुको खपत बढी हुन्छ । यस्तो बेलामा स्वस्थकर मासुको भएन भने यसले महामारी पनि निम्त्याउने खतरा हुन्छ । त्यसका कारण जुनसुकैको मासु बनाए पनि त्यसलाई स्वस्थ्कर तरिकाले बनाउँदा राम्रो हुुन्छ, त्यसैले मासुका विभिन्न परिकार बनाउने टिप्स यहाँ प्रस्तुत गरिएको छ ।

चिकेन चिल्ली

आवश्यक सामग्रीहरु
कुखुराको हड्डी नभएको मासु
काटेको भेंडे खुर्सानी
काटेको सुकेको प्याज र हरियो प्याज
हरियो खुर्सानी
गोलभेंडा
मरिचको धुलो
काटेको लसुन
नुन
धुलो खुर्सानी
कर्नफ्लोर
सोया सस र
टोमाटो केचअप

बनाउने प्रक्रिया

मासुमा कर्नफ्लोर, धुलो खुर्सानी, मरिच, नुन राखेर मुछ्ने अनि कम्तिमा १५ मिनेटसम्म त्यसै राख्ने राम्ररी तातेको तेलमा मुछेको मासुलाई राम्ररी फ्राई गर्ने अनि निकाल्ने । पुनः भाँडोमा भेंडे खुर्सानी, सानो–सानो गरी काटिएको लसुनको टुक्रा, हरियो खुर्सानी, प्याज, नुन, धुलो खुर्सानी, सोया सस, मरिचको धुलो, टोमाटो सस, हरियो प्याजलाई हल्का फाई गर्ने र अन्त्यमा यसअघि फ्राई गरेको मासु राखेर सबै फ्राई गर्ने । केही बेरपछि गोलभेंडा राखेर चलाउने ।

फिसकरी
दशैंमा माछा खाँदै हुनुहुन्छ, यसरी बनाउँनुस् स्वादिलो हुन्छ । माछालाई विदेशतिर भेजका रूपमा पनि गणना गरिन्छ । तर, नेपाल, भारतलगायतका देशमा भने मासुको विकल्पको रुपमा माछालाई लिने गरिन्छ । त्यसैले यहाँमा माछालाई स्वदिलो तरिकाले बनाउने तरिका प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री
माछा
कुखुराको अण्डा
टुक्रा पारेको कागती
नुन
बेसार
लसुन अदुवाको पेस्ट
पानी राखेर पिसेको खुर्सानी
पानी
मैदा
काँचो तोरीको पेस्ट
सेतो तिल
जिराको धुलो
खुर्सानीको धुलो
तेल

पकाउने तरिका
माछालाई स्लाइस बनाएर काट्ने, कुखराको अण्डा फुटाउने र त्यसमा एक चम्चा चिलि पेस्ट, आधा चम्चा खुर्सानीको धूलो, जिरा पाउडर, लसुन अदुवाको पेस्ट, बेसार, तिल, नुन, तोरीको पेस्ट, २ चम्चा मैदा, कागतीको रस र पानी राखी राम्ररी मिक्स गर्ने । काटेको माछालाई मसलामा डुबाउने र केही बेरसम्म डुबाउने । त्यसपछि तातो तेलमा माछालाई राम्ररी पल्टाई–पल्टाई फ्राई गर्ने । फ्राई गरिसकेपछि तेल तैरने पेपर, कपडा वा भाँडोमा उक्त माछालाई राख्ने । यसरी घरैमा स्वादिलो माछा तयार गर्न सकिन्छ ।

अष्ट्रिचको मासु


नेपालमा अष्ट्रिचको मासु नयाँ परिकार हो । नेपालमा अष्ट्रिचको मासको प्रयोग गर्न थालिएको धेरै भएको छैन । अष्ट्रिचको मासु घरमा ल्याउनु भयो भने कसरी पकाउने ? यसलाई हामीले सामान्य विधिबाट प्रस्तुत गरेका छौं ।

आवश्यक सामग्री
काटेको अष्ट्रिचको मासु
तेल
काटेको प्याज तथा गोलभेंडा
गरम मसला, अदुवा तथा लसुनको पेस्ट
बेसार
नुन
मिट मसला
खुर्सानीको धूलो
धनियाँको पात

पकाउने तरिका
भाँडामा तेल तताउने, कोटको प्याज तेलमा फ्राई गर्ने साथै गरम मसला पनि राख्ने, अष्ट्रिच मासु राखेर करिब ४ मिनेटजति फ्राई गर्ने ।
उक्त मासुमा अदुवा, लसुनको पेस्ट तथा बेसार राखी चलाउने, केही बेरपछि गोलभेंडा राखी पकाउने । सुख्खा भएपछि उमालेको पानी राख्ने र केही बेरसम्म पकाउने, यसरी अष्ट्रिचको मासु पकाउन सकिन्छ ।

 

आलु र अण्डाको चप
कतिपय मानिले मासु खान मन पराउदैनन् तर उनीहरुलाई अण्डा भने मन पर्छ । यस्तो अवस्थामा उनीहरुको लागि आलु र अण्डा चप राम्रो परिकार हुन सक्छ ।

आलु र अण्डाको चपको लागि आवश्यक सामग्री
जिरा तथा धनियाँको पाउडर
रातो धूलो खुर्सानी
बेसार
नुन
काटेको हरियो खुर्सानी
काटेको प्याज
धनियाँ
काटेको गोलभेंडा
अण्डा
अदुवा र लसुनको पेस्ट
ब्रेड क्रम्स
उसिनेको आलु

पकाउने तरिका
सबैभन्दा पहिला, अण्डाको भुजिया बनाउने त्यसको लागि तातिएको तेलमा अण्डा राखी चलाउने, अनि क्रमशः प्याज, गोलभेंडा, अदुवा र लसुनको पेस्ट, बेसार, जिरा तथा धनियाँको पाउडर, रातो धुलो खुर्सानी, नुन राखेर फ्राई गर्ने ।

– अण्डाको भुजिया पकाउन्जेलसम्म उसिनेको आलुलाई मुछ्ने, मुछेको आलुमा काटेको गोलभेंडा, काटेको प्याज, अदुवा र लसुनको पेस्ट, जिरा तथा धनियाँको पाउडर, धुलो खुर्सानी, हरियो खुर्सानी, बेसार, नुन, धनियाँ राखी राम्ररी मुछ्ने ।
– मिश्रणलाई बराबर आकारको डल्लो बनाउने ।
– फ्राइ गरेको अण्डा पाकेपछि डल्लो बनाएको मिश्रणको बीचमा हाल्ने अनि पुनः नफुट्ने गरी डल्लो बनाउने ।
– पुनः काँचो अण्डालाई फुटाउने त्यसलाई घोल्ने, त्यसपछि पहिला डल्लो बनाएको मिश्रणलाई काँचो अण्डामा डुबाउने ।
– राम्ररी डुबिसकेपछि निकालेर ब्रेडक्रमको बाक्लो लेयर बनाउने ।
– तातो तेलमा फ्राइ गर्ने र हल्का खैरौ रंग भएपछि निकाल्ने ।

प्याजको पकौडा


प्याजको पकौडाको लागि आवश्यक सामग्री
लामो–लामो गरी काटेको प्याज
बेसन
हरियो खुर्सानी
बेसार
नुन
जिरा तथा धनियाँको पाउडर
लसुन तथा अदुवाको पेस्ट

पकाउने तरिका
सर्वप्रथम भाँडोमा तातो तेल राखेर तताउने
– काटेको प्याजमा हरियो खुर्सानी, बेसार, धुलो खुर्सानी, जिरा धनियाँ, नुन, बेसन र अदुवा लसुनको पेस्ट एकै ठाउँमा राखेर राम्ररी मुछ्ने । यदी राम्ररी मुछिएन भने पानी पनि राख्न सकिन्छ । तर, धेरै गिलो गरी मुछ्नु हँुदैन ।
– तेल एकदमै तातेपछि मुछेको मिश्रणलाई सानो साइजमा चेप्टो आकार बनाइ तेलमा तार्ने क्रमशः प्याजी बनाउदै तेलमा तार्दै जाने ।
– एकापटिको भाग पाकेपछि अर्को पट्टि फर्काउदै जाने ।
– रातो–रातो भएपछि प्याजलाई तेल सोस्ने अथवा तैर्याउने भाँडोमा राख्नुपर्छ ।
यसरी घरैमा प्याजको पकौडा बनाउन सकिन्छ । पौकडामा प्याजको विकल्पमा भर्सीको फुल, च्याउ, लौका पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर