Aamsanchar

दशैको अवसरमा क्यान्सर रोगीलाई खुशीको खबर

Author Image
बिहिवार, असोज १६, २०७६

दायाँ तस्विर  क्यान्सर अस्पतालमा जडान हुदै गरेको अत्याधुनिक रेजर मेशिन । पत्रकार भेटघाट कार्यक्रममा बायाँबाट क्रमस् जनसम्पर्क अधिकारी प्रमिश गिरी, कार्यकारी निर्देशक दुर्गा प्रसाई र अध्यक्ष ईन्दिरा गिरी ।

बीएण्डसी टिचिङ्ग, पूर्वाञ्चल क्यान्सर हस्पिटलले एक वर्षको अवधिमा एक लाख ४२ हजारलाई ओपिडि सेवा प्रदान गरेको छ ।

गम्भिर प्रकारका शल्यक्रियाहरुलाई सफलताका साथ सम्पन्न गरेको हस्पिटलले विभिन्न रोगको उपचारका लागि आएका बिरामीहरुलाई सेवा प्रवाह गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी बताएका छन ।

दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा बिहिबार हस्पिटलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक प्रसाईले हस्पिटलले सर्वसुलभ रुपमा सेवा प्रवाह गरिरहेको बताए । उनले भने– हाम्रो हस्पिटलले असहाय,ज्येष्ठ नागरिक, विपन्न वर्ग लगायतलाई सस्तो दरमा उपचार गरिरहेका छौं । तर, केही ब्यक्तिले सिमित स्वार्थ पुरा नहुदाँ हाम्रो विरुद्ध भ्रम छर्ने गरेका पनि बताए । उनले जुनसुकै चाड पर्वको वेला होस् वा अन्य दिनमा सधै सबै सेवाहरु सुचारु हुने बताए ।
पत्रकार भेटघाटकै बीच बीएण्डसी हस्पिटलसंगै सञ्चालनमा ल्याईन लागेको पूर्वाञ्चल क्यान्सर हस्पिटल दुई महिना भित्रमा संचालनमा ल्याउने गरि  धमाधम उपकरण जडानको कामइरहेको प्रसाईले जानकारी दिएका थिए । पूर्वमा क्यान्सर अपताल नरहेको र विश्वस्तरीय उपकरण सहितको सेवा झापामा प्रवाह गर्न लागेको उल्लेख गरे ।

कार्यक्रममा हस्पिटलले गरेका हरेक समारात्मक कामको बारे जनमानसमा जानकारी र केही कमजोरी भए औलाई दिन अध्यक्ष इन्दिरा गिरीले आग्रह गरिन् । उनले झापाली पत्रकारहरुले हस्पिटललाई सकारात्मक सहयोग गरिरहेको उल्लेख गरिन् ।
भारतको दार्जिलिङ, सिलिगुडी लगायतका क्षेत्र र इलाम, पाँचथर, ताप्लेजुङ्ग, मोरङ, सुनसरी, धनकुटा अनि भारत विहारबाट पनि दैनिक बिरामीहरु उपचारका लागि आउने गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर