Aamsanchar

दोस्रो पथरीशनिश्चरे खुल्ला नक आउट फुटबल प्रतियोगिता असोज २९ गतेबाट हुने

Author Image
बिहिवार, असोज १६, २०७६

पथरीशनिश्चरे, १७ असोज

दोस्रो पथरीशनिश्चरे खुल्ला नक आउट फुटबल प्रतियोगिता असोज २९ गतेबाट सुनाखरी खेल मैदानमा हुने भएको छ ।

सुनाखरी युवा क्लबको आयोजना हुन गई रहेको फुटबल प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब,योसेक फुटबल क्लब, एपिएफ फुुटबल क्लब,लेटाङ फुटबल क्लब,पञ्चायन फुटबल क्लब पिएफसी,पथरी स्पोर्टिङ क्लब,त्यस्तै गरि दमक फुटबल एकेडेमी र डाँगीहाट फुटबल क्बलको सहभागिता रहने सो क्लबका अध्यक्ष मिलन राईले बताएका छन् ।

प्रतियोगिताको पहिलो खेल असोज २९ गते आयोजक सुनाखरी फुटबल क्लब र योसेक फुटबल क्लब का बिच प्रतिष्प्रर्धा हुनेछ । त्यस्तै गरि समुह चरणको दोस्रो खेलमा ,पञ्चायन फुटबल क्लब पिएफसी सुनसरी र पथरी स्पोर्टिङ क्लब का बिच हुनेछ।

समुह चरणको तेस्रो खेलमा एपिएफ फुुटबल क्लब केर्खा झापा र लेटाङ फुटबल क्लब मोरङका बिच प्रतिष्प्रर्धा हुनेछ साथै समुह चरण अन्तिम खेलमा दमक फुटबल एकेडेमी झापा र डाँगीहाट फुटबल क्बल बेलबारीका बिच खेल हुनेछ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा का साथ हुन गई रहेको प्रतियोगितामा कात्तिक ३ र ४ गते सेमिफाईनल चरणका खेल हुनेछन् भने फाईनल खेल कात्तिक ६ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले ८१ हजार १ सय ११ रुपैँया र द्धितिय हुने टिमले ५१ हजार १ सय ११ रुपैँया पाउने छन् भने त्यस्तै गरि विधागत तर्फ उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्डर,र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने सो खेल प्रतियोगिताका संयोजक नबिन ढकालले बताएका छन् ।

आयोजकले ८ लाख ५२ हजार रुपैँया लागत अनुमान गरको सो प्रतियोगिता पथरीशनिश्चरे परिवार हङकङको मुख्य प्रायोजन साथै नगर खेलकुद विकास समिति पथरीशनिश्चरेकोे सहआयोजनामा हुन गई रहेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर