Aamsanchar

प्रदेशबाट प्रतिनिधित्व गर्दै आएकी दिलमायालाई भोटको खाचो

Author Image
मङ्गलवार, असोज १४, २०७६

नेपाल टेलिभिजनबाट प्रसारित रियो छमछमी ४ मा प्रदेश न. १ बाट एक मात्र प्रतियोगि दिलमाया लिम्बू मनिषा उत्कृष्ठ ६ मा पर्ने सफल भएकी छिन। बुद्ध शान्ती बर्ने स्थायी घर भएकी सामान्य परिवारकी  दिलमायाले बिर्तामोडमा सोरठी कला केन्द्र पनि सञ्चालन गर्दै आई रहेकी छिन। झापा जिल्ला नृत्य कलाकार संघको साधारण सदस्य तथा बिर्तामोड नृत्य कलाकार संघका कोषाध्यक्ष समेत रहेकी दिलमाया सानै उमेरवाट नृत्यमा अब्बल थिइन ।

नृत्य निर्देशक तथा दिलमाया जिताउ अभियानका संयोजक ज्ञानु सुब्बावाट औपचारिक रुपमा नृत्यको प्रशिक्षण लिएकी दिलमायालाई छमछमी ४ को बिजेता बनाउन नृत्य निर्देशक तथा झापा जिल्ला नृत्य कलाकार संघका महासचिब , राज सुब्बा लावती, संघका सल्लाहकार सुबास लिम्बु , उपाध्यक्ष राज शर्मा सहित झापाका अग्रज नृत्य निर्देशकहरु तथा सम्पर्ण नृत्यकारहरुले दिलमाया जिताउ अभियान सुरु गरेका छन । प्रदेशका सम्पुर्ण नृत्य केन्द्र, नृत्य कलाकार तथा नृत्य प्रेमी महानुभावहरुलाई दिलमाया अब फाइनलमा पुर्याउन अन्तिम भोट गर्नु पर्ने भएकोले सबै कलाप्रेमीहरुमा भोट गरिदिन संघका पदाधिकारीहरुले आवहान गरेका छन ।

 CC<space> टाइप गरि 31009 मा म्यासेज पठाइ भाेट गर्न सकिने छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर