Aamsanchar

दशैलाई लक्षित गरेर तीन अर्बको स्याउ आयात हुँदै

Author Image
आइतवार, असोज १२, २०७६

काठमाडौं : यस वर्षको दशैंका लागि करिब तीन अर्ब रुपैयाँको स्याउ आयात हुने भएको छ। चीन र भारतबाट करिब ३ अर्बको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ। आयात हुने स्याउको ९५ प्रतिशत चीनबाट आउनेछ बाँकी भारत र नेपालको जुम्ला र मुस्ताङको स्याउ बजारमा खपत हुने संघका कोषध्यक्ष काशीराम सापकोटाले जानकारी दिए। जुम्ला र मुस्ताङको स्याउले पछिल्लो समय नेपालका पश्चिमी क्षेत्रका बजार बुटवल, सुर्खेत, पोखरामा राम्रै स्थान पाएको सापकोटाले बताए। दशैंका लागि चीनबाट यो वर्ष ३०० ट्रकभन्दा बढी स्याउ भित्रने छ।

तातोपानी नाकाबाट पनि दशैंका लागि स्याउ भित्रन थालेको ब्यापारीहरुले बताए। भूकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलेसँगै स्याउ भित्रने क्रम बढेको हो। यस वर्षको दशैंमा स्याउलगायत फलफूलको मूल्य पनि नबढ्ने संघले जनाएको छ। संघका अध्यक्ष अमर बानियाँका अनुसार अहिले स्याउथोक मूल्य प्रतिकिलो १०० देखि १५० रुपैयाँ रहेको छ। दशैंमा पनि यही मूल्यमा उपभोक्ताले किन्न पाउनेछन्। केरा पनि दशैंका देश करिब स्याउकै हाराहारीमा तीन अर्बको खपत हुने र जसमा नेपालको उत्पादनले ४० देखि ५० प्रतिशत धान्ने संघले जनाएको छ।

दशैंको बेला अरु बेलाको तुलनामा फलफूलको माग दोब्बर हुनेगर्छ। तरकारी भने दशैंमा विगत वर्षहरुमा जस्तै महँगो हुने भएको छ। नेपालको उत्पादन घटेको र भारतबाट बढी आयत हुने हुँदा महँगो हुने नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। देशैभरका तरकारी संकलन केन्द्रको सर्वेक्षणले उत्पादन घटेको देखाएकोले तरकारी महँगो हुने घिमिरेले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर