Aamsanchar

जे छोयो त्यही महँगो

Author Image
आइतवार, असोज १२, २०७६

काठमाडौं । दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ। तीन हजार तीन सय पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ। एक हजार पाँच सय ७५ देखि एक हजार ६ सयमा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढेको छ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्विकारेको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य वृद्धि भएको बताए।

खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य बढेको हो। सरकारले बजेटमार्फत कृषिजन्य तथा औद्योगिक वस्तु आयातमा भन्सार दर बढाएका कारण पनि महँगी बढेको श्रेष्ठको दाबी छ।

वस्तु आयात गर्दा आन्तरिक राजस्व कार्यालयमा वस्तु, सवारीसाधन र बिलबिजकसमेत सुरुमै इन्ट्री गर्नुपर्ने कारणले पनि महँगी बढेको व्यवसायी बताउँछन्। भदौसम्म प्रतिकिलो ७८ रुपैयाँमा बिक्री हुने चिनीको मूल्य प्रतिकिलो ८० पुगेको छ। एक सय ३० रुपैयाँ लिटरमा आउने भटमासको तेलमा १० रुपैयाँ बढेर एक सय ४० र एक सय ४० मा आउने सनफ्लावर तेलको भाउ एक सय ५० रुपैयाँ पुगेको छ।

 एक वर्षअघिको तुलनामा तरकारीको भाउ २३.३८ प्रतिशत र फलफूलको भाउ २०.२ प्रतिशत महँगिएको छ।  यो समाचार अन्नपूर्ण पोष्टमा राजेश बर्माले लेखेका छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)