Aamsanchar

राजेशपायल को ‘ठमेलको बजारमा’ सार्वजनिक

Author Image
शुक्रवार, असोज १०, २०७६


चर्चित गायक राजेश पायल राईको ‘ठमेलको बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने गीतमा मिरादेवी राईको शब्द र संगीत नवीन कार्कीको रहेको छ। बैगुनी माया ,तिमीलाई पाए ,आऊ आऊँ साथीजस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा विस्वस्त रहेको बताएकी छन्।

गीतको म्युजिक भिडियोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन्। जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर