Aamsanchar

तिन सय जना निम्नस्तरका बालबालिकाहरुलाई निशुल्क हेयर एण्ड ब्यूटी तालिम दिने तयारीमा नीलडेभिड

Author Image
सोमवार, असोज ६, २०७६


नेपालका केही सेलिब्रेटी हरु मध्ये अन्तराष्ट्रियमा पनि सेलिब्रेटी बन्दै गएका हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम ‘एमएस टक’ मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो अनुभव राखेका छन् ।

दिल्लीमा आयोजित उक्त कार्यक्रममा नेपालबाट डेभिडलाई मात्र निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनका खुड्किलाहरुको बारेमा वर्णन गरेका थिए ।

दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका नीलडेभिड कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई झापाको लक्ष्मीपुरबाट सुरु भई हालसम्मको सफलतालाई वर्णन गरेका थिए ।

‘मैले आफ्नो संघर्षको कथा थाल्नुअघि भगवान पशुपतिनाथलाई स्मरण गरें, नील डेभिडका अनुसार उनले उपस्थित व्यक्तित्वहरुलाई समेत भगवान पशुपतिनाथले कल्याण गर्नु हुनेछ भन्ने कामना गरेका थिए ।

निलेन्द्र, निलम कटवालबाट नीलडेभिडमा रुपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरुले निकै रुचीपूर्ण तरिकाले सुनेको नीलडेभिडले बताएका छन् । अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको क्षणदेखि आज आएर हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगार दिन सफल भएको क्षणलाई नीलडेभिडले बडो रोचक शैलीमा प्रस्तुत गरेका थिए ।

समारोहमा एमएस टकका फाउन्डर मिस्ट अर्थर सेरीले नीलडेभिडको सफलताको यात्रालाई प्रशंसा गर्दै नेपालको नाम अझ उच्च बनाउन शुभकामना दिएका थिए । नीलडेभिडले आफ्ना नेपाली ब्राण्डलाई नेपालमा मात्र सिमित नराखी भारतमा समेत स्थापित गराइसकेका छन् ।

आफ्ना दिवंगत बुवाको नाममा सन् २०२१ देखि फाउण्डेसन स्थापना गरेर ३ सय जना निम्नस्तरका बालबालिकाहरुलाई निशुल्क हेयर एण्ड ब्यूटी तालिम दिएर रोजगार दिलाउने नीलडेभिडको योजना छ । नीलडेभिडले यतिबेला नेपाल तथा भारतमा गरी ७० वटा सलोन तथा एकडेमी सञ्चालन गरिरहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)