Aamsanchar

हल्दिवारीमा फौजीको आतंक, निरिक्षणमा गाउँप्रमुखको टोली

Author Image
बुधवार, असोज १, २०७६

हल्दिवारी। हल्दिवारी गाउँपालिका ३ र ५ वडामा किसानले लगाएको धानवाली फोजि नामक किराले खाईदिदा सयौं बिघाको धान नस्ट भएको
गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले बताउनु भएको छ । धानवाली किसानको नस्ट भएको जानकारी पाउना साथ अध्यक्ष सहितको एक टोलि घटना स्थलमा पुगि अवलोकन गरेको थियो ।

कृषि ज्ञान केद्रका प्रमुख गणेश राज पौडेल ,हल्दिवारी कृषि तथा पशुशाखा प्रमुख सानुमाया श्रेष्ठ समेत उक्त ठाउमा पुगि रोकथाम गरि अरु तिर फैलिन नदिन भोलि देखि नै काम शुरु गर्न लागेको बताइएको छ ।
हल्दिवारी ५ को सोडागान्धी ,तिनधुरे क्षेत्रमा उक्त फौजी किराको प्रकोप धेरै रहेको र गाउँ पालिकाले निशुल्क रुपम (व्याग डग नामक) औसधि गाउँपालिकाको प्राविधिक सहयोगमा लगाउने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)