Aamsanchar

वार्षिकोत्सवमा पुण्यकाम

Author Image
बुधवार, असोज १, २०७६

काँकरभिट्टा, १ असोज । सनराइज बैंक लिमिटेडको १२ औं वार्षिकोत्सवका अवसरमा बुधबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैकको शाखा कार्यालय काँकरभिट्टाले नेपाल रेडक्रस सोसाइटि विर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५जना बढीले रक्तदान गरेका थिए । बैंक परिसरमा आयोजित कार्यक्रममा कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए ।

बैंकका शाखा प्रवन्धक प्रतिक भट्टराईका अनुसार रक्तदाताहरुलाई बेंकका तर्फबाट फलफूल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको र सो क्रममा संकलित सवै रक्त नेपाल रेडक्रस सोसाइटि विर्तामोडलाई हस्तानतरण गरिएको कर्मचारी जेसिका लुईटेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर