Aamsanchar

सरकारले गर्यो सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

काठमाडौँ, ३१ भदौ । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट ०७६ असोज २ का दिन ओपीडी सेवाको टिकट निःशुल्क हुने जनाएको छ । यसका लागि सम्बन्धित सबैलाई सर्कुलर गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर