Aamsanchar

अमेरिका : इन्डो प्यासिफिक नीतिमा नेपाललाई हस्ताक्षर गराएका छैनौं

Author Image
मङ्गलवार, भदौ ३१, २०७६


नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टन एस ब्राउनले अमेरिकाको इन्डो प्यासिफिक नीति चीन विरोधी नभएको बताएका छन् । उनले नेपालमा यसलाई ‘रणनीति’ भन्ने गरिएको उल्लेख गर्दै ‘नीति’ भन्न आग्रह गरे । काठमाडौंमा आयोजित ‘विश्व परिस्थिति र नेपालको भविष्य’ विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । इन्डोप्यासिफिक नीतिमा नेपाललाई अमेरिकाले हस्ताक्षर नगराएको ब्राउनले प्रष्ट पारे ।
‘हामी स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रको पक्षमा छौं । यो हाम्रो नीति हो । हामीले यसमा नेपाललाई हस्ताक्षर गराउने कुनै क्लज नै छैन,’ उनले भने ।

स्वतन्त्र र खुल्ला एसिया प्यासिफिक क्षेत्रले चीनको समेत हित गर्ने उनले दावी गरे । यसबाट चीनको अर्थतन्त्र थप प्रवद्र्धन हुने भन्दै यसलाई चीनविरोधी नीतिको रुपमा नहेर्न ब्राउनले आग्रह गरे । अमेरिकाले नेपालमा ७० वर्षदेखि निस्वार्थ रुपमा सहयोग गरिरहेको पनि उनको भनाइ थियो । ‘कसैले पनि सित्तैमा सहयोग गर्दा नेपालले उसको रुची के हो भन्ने प्रश्न गर्नुपर्छ । अमेरिकालाई पनि गर्नुपर्छ । अमेरिकाले नेपाललाई शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका अनेक क्षेत्रमा सहयोग गरेको छ । यसमा हाम्रो कुनै अन्तरनिहित स्वार्थ छैन । हामी एउटा मात्रै कुरा चाहन्छौं कि नेपाल ‘प्रो नेपाल’ होस्’ उनले भने ।

उनले नेपालका सुरक्षा निकाय र अमेरिकी सुरक्षा निकायबीचको सहकार्य ९ट्रेनिङ० का सन्दर्भमा नेपालमा प्रश्न उठेकोमा पनि असन्तुष्टि ब्यक्त गरे । आगामी नोभेम्बर ४ देखि १५ मा नेपाली सशस्त्र प्रहरीसँग अमेरिकी सेनाले दुईवटा प्रशिक्षण कार्यक्रम गर्ने प्रस्तावसहित नेपाल सरकारलाई पत्र लेखेको सार्वजनिक भएको छ । जसमा एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव रहेको उल्लेख गर्दै नेकपाकी सांसद पम्फा भुसालले प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

यसप्रति संकेत गर्दै अमेरिकी दूतावासका राजनीतिक बिभाग प्रमुख ब्राउनले भने, ‘हाम्रो कुनै निहित स्वार्थ छैन । नेपाली सुरक्षा बललाई सहयोग गर्ने हो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)