Aamsanchar

ट्याक्टर किन्दा मोटरसाइकल उपहार

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लि.ले आयसर ट्याक्टरको खरिद गर्ने एक जना कृषकलाई मोटरसाइकल उपहार प्रदान गरेको छ ।

बिर्तामोड स्थित रामचोकमा सञ्चालनमा आएको प्रा.लि.ले मंगलबार आफ्ना ग्रहाक मध्ये भाग्यमानी एक ग्रहाकलाई १२५ सिसिको मोटरसाइकल प्रदान गरेको हो । दमकका शंकर चौधरीले उक्त मोटरसाइकल जित्न सफल भए ।

त्यस्तै दोस्रोपुरस्कार दुई जना ग्रहाकले प्राप्त गरेका छन् । सुरुङ्गाका जीवनकुमार नेपाल र कचनकबलका चित्रबहादुर थापाले फ्रिज उपहार प्राप्त गरे । त्यस्तै तेस्रोउपहार तीन जना ग्रहाकलाई प्रदान गरियो । जसमा मेचीनगरका सदस्य धिमाल, चुलाचुलीका विक्रम लिम्बु र गौरादहका दिगम्बर राजवंशीले ३२ इन्चको टिभी उपहार प्राप्त गरे ।

अन्य ग्रहाकलाई भने शोरुप उद्घाटनको अवसरमा एक–एक वटा मोबाइल उपहार प्रदान गरिएको थियो । रेड पाण्डा अटो इलेक्ट्रिकल प्रा.लिका अध्यक्ष प्रकाशचन्द्र खतिवडाको अध्यक्षतामा भएकोकार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, आयर ट्याक्टर कम्पनीका विजेन्द्रकुमार गुप्ता, चन्दनदीप सिंह, शशिकान्त त्रिपाटी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा रेड पाण्डा अटो इलेक्ट्रिकल प्रालीले भदौ महिनामा ४७ वटा ट्याक्टर विक्रि गरेको प्रबन्ध निर्देशक शेखर ढकालले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)