Aamsanchar

नेकपामा मधेस मतभेद

Author Image
मङ्गलवार, भदौ ३१, २०७६

काठमाडौं : नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो। पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन्।

मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन्। पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कातिर देखिएका छन्। यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो। यसले गर्दा प्रदेशका आठमध्ये तीन जिल्ला कमिटीका पदाधिकारीको शपथ रोकिएको छ।  आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)