Aamsanchar

नेकपा सांसदको चुनौती सँगै संसदमा कांग्रेसको नाराबाजी

Author Image
सोमवार, भदौ ३०, २०७६


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा० का संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ । प्रतिनिधिसभा बैठक सुचारु गर्न सहमत भइसकेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अहिले रोष्टम घेराउ गरिरहेका छन् ।

नेकपा सांसदले के भने र ?

बाँके घटनालाई लिएर खजुरा गाउँपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत भएको थियो । त्यसअनुसार सोमबारको संसद बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले सदनको दबाबपछि जाहेरी दर्ता भएको भन्दै अवरोध हटाउने बताइन् । लगतै नेकपाका सांसद नन्न लाल बोलेसँग संसदमा गतिरोधको अवस्था आयो । उनले वडाध्यक्षको बचाउ मात्र गरेनन्, नेकपाका कार्यकर्ताले कांग्रेसको कार्यक्रममा आक्रमण नै नभएको दाबी गरे । वडा नम्बर १ का कांग्रेस कार्यकर्ता भुवन सिंह थापा र ७ का अस्लाम भाटले विवादमा भएको उनको दाबी छ ।

भुवनसिंहको पक्षमा रहेका चार जना कांग्रेसको कार्यक्रममा भएको र उनीहरु मध्ये तीन जना हलमा प्रवेश गरेको भन्दै उनले भने, कसैले हात पात गरेको छैन । करिव डेढ दुई सयको जमघटमा तीन जना केटाकेटीले हातपात गर्न सक्दैन ।’ तर कांग्रेसले गलत आरोप लगाएको भन्दै वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताए । ‘वडाध्यक्ष एकदमै बेकसर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौं’, उनले भने । नेकपा सांसद लालको अभिव्यक्तिसँगै कांग्रेस रुष्ट बन्यो र सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर