Aamsanchar

केन्द्रीय नेता सच्चिनुपर्नेमा कार्यकर्ताको जोड

Author Image
सोमवार, भदौ ३०, २०७६


विर्तामोड  । ‘हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस’ (हिपतम) भन्ने मुख्य नारासहित गत भदौ २४ गतेबाट जागरण अभियान सञ्चालन गरिरेको नेपाली कांग्रेसले ७७ जिल्लाका ३ सय ३० वटै क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
विशेष सामाजिक संवाद, सामाजिक विकृति, विसंगतिविरुद्ध जागरण, कम्युनिष्ट नेतृत्वको सरकारले दुईबर्षे कार्यकालमा गरेका भ्रष्टाचार आदिका बारेमा कांग्रेस कार्यकर्ताले धारणा राखेका छन् । देशब्यापी अभियानकै क्रममा झापाको क्षेत्र नं. १,२,३,४ र ५ नं क्षेत्रका विभिन्न क्षेत्रमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो राष्ट्रिय जागरण अन्तरगत झापा क्षेत्र नं.२ को प्रदेश क को गरामनीमा आइतबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुले केन्द्रका नेता नसच्चिएसम्म पार्टी संगठन सुदृढिकरण हुन नसक्ने निष्कर्ष निकालेका छन् ।

प्रदेश क अन्तरगत विर्तामोड नगरपालिकाको वडा नं. ७, ८ र ९ का कार्यकर्ता सहभागी सो जागरण अभियानमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रिय मुद्दाहरुमा आफूलाई खरो ढंगले प्रस्तुत गर्न नसकेको, कम्युनिष्ट सरकारले गरेका ठूला भ्रष्टाचार काण्डहरुमा पार्टी नेतृत्व विरोधमा बोल्न चुकेको, पार्टीभित्र इमान्दार र लगनशील कार्यकर्ता भन्दा पैसावाला र ठेकेदारहरुको बोलबाला चल्न थालेको अवस्थाले कांग्रेस कमजोर भएको कार्यकर्ताहरुको भनाई थियो ।  तीन वटा वडाका तीन अलग अलग समूह बनाई टोली नेताहरुबाट प्रस्तुत लिखित टिप्पणी र सुझावसहितको प्रस्तावलाई वडा नं.७ का लक्ष्मी ओली, ८ का खेम सिटौला र ९ का भोला पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यकर्ताबाट प्रस्तुत सुझावमा पार्टीका केन्द्रीय नेताहरु वडा र बुथ तहबाटै निर्वाचित भएर आउनु पर्ने, केन्द्रीय नेतालाई गरिएको आरक्षणको व्यवस्था खारेज हुनुपर्ने, पार्टीले उम्मेद्वारी दिंदा पैसावाला र ठेकेदार भन्दा लामो समयदेखि पार्टीको सांगठानिक जीवनमा निरन्तर योगदान पुर्याएकालाई प्राथमिकता दिइनुपर्ने, नेताका महलमा धाउने भन्दा जनताका झुपडीमा रमाउनेहरुलाई पार्टी नेतृत्वले चिन्न सक्नुपर्ने, पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाको बैधानिक अवधि सकिनु अगावै महाधिवेशन सम्पन्न गर्नुपर्ने, जनताका सुख दुःखमा पार्टी नेता कार्यकर्ता सहभागी हुनुपर्ने, किसानले भोग्नु परेका समस्याप्रति पार्टी संवेदनशील हुनुपर्ने रहेका छन् । त्यसै गरी मौलाएको चरम गुटबन्दीको अन्त्य हुनुपर्ने, पार्टीको सिद्धान्त नीति विचार, कार्यक्रम र अनुशासन सबैले पालना गर्नुपर्ने, दण्ड र पुरस्कारको व्यवस्था गरेर पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन केन्द्रीय नेतृत्व सच्चिनुपर्ने, केन्द्र, प्रदेश र स्थानीयस्तरमा भएका भ्रष्टाचारका विरुद्ध पार्टी नेतृत्वले जनताका बीचमा गएर भण्डाफोर अभियान सञ्चालन गर्नुपर्ने लगायतका सुझावहरु प्रस्तुत गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नं.–२ प्रदेश क का सभापति धर्म लक्सम्बाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले बाध्यात्मक रुपमा लोकतन्त्र स्वीकार गरेका कम्युनिष्टहरुलाई लोकतन्त्रको सही अर्थ, मूल्य र मान्यता बुझाउन समय लाग्ने भनाई राख्नुभयो । जिल्लाबाट खटिनु भएका प्रतिनिधि पार्टी प्रचार विभाग प्रमुख कृष्ण हुमागाँईले सहजीकरण गर्नुभएको सो कार्यक्रममा विर्तामोड नगर सहसंयोजक भोला पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि भुमा घिमिरे, पार्टी प्रशिक्षण विभाग सचिव उमा शिवाकोटी लगायत १५० बढी क्रियाशील सदस्य सहभागी सो कार्यक्रमको सञ्चालन नगरसभापति भोजराज सिटौलाले गर्नुभएको थियो ।

यसैगरी झापा क्षेत्र नं.२ प्रदेश ख को अर्जुनधारा नगरपालिका वार्ड ४,५,७,८ का कांग्रेस कार्यकर्ताबीच सम्पन्न अन्तरक्रियाबाट पनि सुझाव संकलन गरिएको छ ।  प्रदेश क्षेत्रीय सभापति किरण श्रेष्ठको सभापतित्व र केन्द्रीय प्रतिनिधि बसन्त भट्टराइको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रवक्ता तथा अनुगमन संयोजक लोकराज ढकालले ४ वटा समूहमा विभाजन गरी सुझाव संकलनका लागि सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रतिनिधिहरु युवराज विमली, दिपक तामाङ, पुण्य ओझा, क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले बोल्नुभएको थियो ।

समूह विभाजन गरेर कार्यकर्ताको सुझाव लिइएको कार्यक्रममा स्वागत हेमराज खरेल र सञ्चालन डिल्लीराम सापकोटाले गर्नुभएको थियो । यता झापा क्षेत्र नं–३ को पथरिया र केचनामा बेग्लाबेग्लै कार्यक्रम सम्पन्न भएको छ । कचनकबल गाविस अन्तर्गत साविक घेराबारी र पथरिया गा.वि.सका कार्यकर्तालाई समेटेर पथरियामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय हर्क कन्दङ्वा, छविलाल अधिकारी, प्रभूलाल माझी, कमला सिटौला लगायतले सुझाव राखेका थिए ।
क्षेत्र नं.३ प्रदेश क का सभापति चिन्तामणि खरेलको सभापतित्व र केन्द्रीय प्रतिनिधि केदार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यद्वय कालेन्द्र राजवंशी र विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले जागरण अभियानको महत्वबारे प्रकाश पार्नुभयो । लालमोहन राजवंशीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन गिता भट्टराइले गर्नुभएको थियो । यसैगरी केन्द्रीय प्रतिनिधि, जिल्ला सदस्यहरु, क्षेत्रीय सभापति लगायतको आतिथ्य रहेको केचनामा सम्पन्न अन्तरक्रियामा परमानन्द राजवंशीले स्वागत गर्नुभएको थियो भने नुरजम्मा मिया, जब्बर राजवंशीलगायतले बोल्नुभएको थियो ।
यसैबीच झापा क्षेत्र नं.१ प्रदेश ख को बुद्धशान्ति गाउँपालिका वडा नं ५ र ६ मा बेग्लबेग्लै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय प्रतिनिधि विन्दिया कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि राजेन्द्र भण्डारी, चक्र शेर्मा, बासुदेव खतिवडालगायतले बोल्नुभएको थियो । नेपाली कांग्रेस बुद्धशान्ति वडा नं.५ का नारायण दाहालको सभापतित्वमा भएको कार्यक्रमको स्वागत मन्तब्य प्रदेश ख क्षेत्रीय सभापति सिता पोखरेलले गर्नुभएको थियो भने सञ्चालन विष्णु न्यौपानेले गर्नुभएको थियो ।
यसैगरी वडा नं.६ का सभापति रुद्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पुष्कर पौडेलले गर्नुभएको थियो । सो कार्यक्रममा नवप्रवेशी कार्यकर्ता रोशन गजमेर र डम्बर लिम्बूलाई प्रमुख अतिथि विन्दिया कार्कीले साधारण सदस्यता प्रदान गर्नुभयो ।  यसैगरी झापा क्षेत्र नं. १ को क अन्तर्गत मेचीनगर वार्ड नं.२ बाहुण्डाँगीमा वडास्तरीय अन्तरक्रिया सम्पन्न भएको छ ।  केन्द्रीय प्रतिनिधि रमेशजंग रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ने.का. झापाका उपसभापति राम कट्टेल, जिल्ला सदस्यहरु राजेन्द्र रिजाल, पुष्प पौडेल, निरज घिमिरे, महाधिवेशन प्रतिनिधि दुर्गा खतिवडा, क्षेत्रीय सभापति मणि उप्रेती, लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत प्रदेश क क्षेत्रीय सभापति हर्क फियाकले गर्नुभएको थियो ।

मेनपा-२ कांग्रेस सभापति कृष्ण रिजालको सभापतित्व सम्पन्न कार्यक्रमको सञ्चालन केशरवहादुर बस्नेतले गर्नुभएको थियो ।यसैगरी झापा क्षेत्र नं.४ प्रदेश ख, कनकाई नगरपालिका सुरुङ्गास्थित कांग्रेस पार्टी कार्यालय र वडा नं. ३ मा बेग्लाबेग्लै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।  सुरुङ्गास्थित पार्टी कार्यालयमा स्थानीय तहका जनप्रतिनिधि, नेपाली कांग्रेसबाट उम्मेद्वार भएका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा निर्वाचित जनप्रतिनिधिलाई जनभावना बमोजिम कार्य गर्न सुझाव दिएका कार्यकर्ताले पार्टी र निर्वाचित प्रतिनिधिबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याएका थिए । प्रदेश ख का क्षेत्रीय सभापति भीम राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिव कडेलले गर्नुभएको थियो । केन्द्रीय प्रतिनिधि लोकप्रसाद संग्रौलाले समसामयिक राजनीति र कांग्रेसको भूमिकाका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

यसैगरी वार्ड नं. ३ मा वार्डस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । वार्ड नं.३ का सभापति यदुप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रममाथि प्रकाश शिव कडेलले पार्नुभएको थियो । केन्द्रीय प्रतिनिधि संग्रौला, जयनारायण शाह, भीम राजवंशीलगायतले बोल्नुभएको कार्यक्रमको सञ्चालन गणेश पोखरेलले गर्नुभएको थियो ।  यसैगरी झापा क्षेत्र नं.४ प्रदेश क अन्तर्गत शिवसताक्षी न.पा. वार्ड नं.८ र ११ मा संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  दिपेन्द्र सेन्दाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य भक्ति सिटौला, जिल्ला सदस्यहरु रतन थिङलावो, उत्तम चम्लागाई, सन्तोष मेनेङ्वो, चन्द्रविर नेम्बाङ, नारायण बजगाई, चन्द्रमणि नेपाल पर्शुराम ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

प्रदेश क क्षेत्रीय सभापति कमल भण्डारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत ज्ञानेन्द्र न्यौपाने र सञ्चालन रविचन्द्र राईले गर्नुभएको थियो ।  यसैगरी झापाको क्षेत्र नं.५ मा पेशागत संघसंस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न गरिएको छ । समसामयिक राजनीति र केन्द्रीय समितिको म्याण्डेट अनुरुप स्थानीय प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, ब्यापारी÷ब्यवसायी लगायत विभिन्न सामाजिक संघसंस्थाका अगुवाहरुसँग अन्तरक्रिया सम्पन्न गरिएको हो । केन्द्रीय प्रतिनिधि विनोद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल, अग्रज नेता पूर्णानन्द शर्मा, महासमिति सदस्य दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभपाति ढुण्डी भण्डारी, जिल्ला सदस्य मेनुका बुढाथोकी, नगर सभापति रोशन विष्ट, धर्मानन्द भट्टराईलगायतले धारणा राख्नुभयो ।

क्षेत्र नं.५ प्रदेश ख का क्षेत्रीय सभापति पदम लिम्बूको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिनुभयो । यसैबीच झापाबाट केन्द्रीय प्रतिनिधि बनेर धनकुटा-१, प्रदेश क मा जानुभएका विश्वदीप लिङ्देनले धनकुटाका प्रजातान्त्रिक योद्धा तथा शहीद परिवारसँग भेटघाट गर्नुभएको छ ।  शहीद भीमनारायण श्रेष्ठको परिवारसहित अग्रज प्रजातान्त्रिक योद्धाहरुसँग भेटघाट र भलाकुसारी गरिएको केन्द्रीय प्रतिनिधि लिङ्देनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर