Aamsanchar

विरामीको मृत्यु भएपछि फरार भएका झापाका एक आयुर्वेद डाक्टर पक्राउ

Author Image
सोमवार, भदौ ३०, २०७६

दमक । आयुर्वेद उपचार प्राकृतिक उपचार पद्दति हो । चिकित्सा विज्ञानले समेत आयुर्वेद उपचार विधीलाई मान्यता दिएको छ । लामो समय सम्म औषधी सेवन गर्दा आयुर्वेद उपचार सफल पनि मानिएको छ तर,मानिसलाई रोग लाग्नासाथ उपचार गरिसक्दा निको हुनुपर्ने मानवीय प्रवृत्तिका कारण आयुर्वेद उपचार पद्दति भन्दा आधुनिक चिकित्सा पद्दति प्रति मानिसनको आकर्षण बढ्यो । पछिल्लो समय विस्तारै आयुर्वेद क्षेत्रमा पनि दक्ष चिकित्सकले उपचार गर्न थालेसंगै आयुर्वेद प्रतिको विश्वास बढ्दै गएरहेका बेला झापाका केही आयुर्वेदिक क्निक तथा फर्मेसीले विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड गरिरहेको तथ्य सार्वजनिक भएको छ ।

दमक नगरपालिकामा पायल्सको शल्यक्रिया गर्ने क्रममा एक युवतीको मृत्यु भएसंगै आयुर्वेद उपचारका नाममा क्लिनक तथा फर्मेसीले विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड गर्ने गरेको तथ्य खुलेको हो । दमक नगरपालिका–५ रातोपुलस्थित वरदान आयुर्वेदिक चिकित्सा केन्द्रमा पायल्सको शल्यक्रिया गर्ने क्रममा शनिबार दमक– ९ निवासी १७ वर्षीया सुष्मादेवी चौधरीको मृत्यु भएसंगै आयुर्वेदिक चिकित्साको नाममा विरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड भइरहेको पाइएको हो ।

झापामा दर्ता नै नभएको वरदान आयुर्वेदिक चिकित्सा केन्द्रले युवतीको उपचार गर्ने क्रममा निधन भएको हो । कानूनत विना दर्ता क्लिनिक सञ्चालन गर्न पाइँदैन । तर, नियमनकारी निकायले समयमा अनुगमन नगर्दा विना दर्ता क्लिनिकमा उपचारका क्रममा युवतीको ज्यान गएपछि शुक्रवार र शनिवार दमक दिनभर जसो तवान ग्रस्त बन्यो ।

विवरण अनुसार शुक्रबार चौधरीको पायल्सको शल्यक्रियाका डा प्रकाश लिम्बूले युवतीलाई वेहोस बनाउन ‘जाइलोकिन’ नामक औषधि प्रयोग गरेका थिए । औषधि सहितको इन्जेक्सन लगाए लगत्तै उनी वेहोस भएकी थिइन् । लामो समयसम्म उनी होसमा नआएपछि तत्काल थप उपचारका लागि लाइफलाइन अस्पताल लगिएको थियो । तर, उनको बाटैमा मृत्यु भएपछि मृतकका आफन्तले उपचारमा सम्लग्न चिकित्सकलाई कारवाहीको माग गर्दै आन्दोलन गरेका थिए ।

विमारीको मृत्यु लगत्तै डा लिम्बू फरार भएपनि इलाका प्रहरी कार्यालय दमकले डा लिम्बूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार विना दर्ता सञ्चालित चिकित्सा केन्द्रका सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर