Aamsanchar

साहित्य प्रति युवाको जागरुकता

Author Image
आइतवार, भदौ २९, २०७६

बिर्तामोड भदौ,२९ । बिर्तामोड स्थित मनकामना बहुमुखी क्याम्पसको साहित्यिक परिवारमा नयाँ कार्यसमिति चयन भएको छ।साहित्यको आज सम्पन्न तेस्रो साधारणसभाले हरिकृष्ण भण्डारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

उक्त साधारणसभाले उपाध्यक्षमा पुर्णिमा दाहाल, सचिवमा इन्साफ भाइ ढुङ्गेल सहसचिवमा उमेश खतिवडा र कोषाध्यक्षमा माल्भिका लक्सम्बालाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा किशोरचन्द्र इङ्नाम , प्रकृति घिमिरे ,दीक्षा रिजाल , सुजता न्यौपाने, दिवश श्रेष्ठ र आयुष न्यौपाने रहेका छन् ।

उक्त परिवारले संरक्षक शिक्षकहरुमा सहायक क्यापस प्रमुख राजेन्द्र प्रसाईं र डा. पुन्यप्रसाद सिग्देल तथा सल्लाहकार संयोजकमा शिक्षक कुमार थपलियालाई चयन गरेको छ । मनकामना क्याम्पस साहित्यिक परिवारका अध्यक्ष संगीता कोइरालाको अध्यक्षतामा भएको साधारणसभाको प्रमुख अतिथी मनकामना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई रहेका थिए ।

सो कार्यक्रममा क्याम्पस सहायक प्रमुख राजेन्द्र प्रसाई र शिक्षक कुमार थपलियाले आआफ्ना धारणा राखेका थिए । मनकामना साहित्य परिवारका कोषाध्यक्ष रोसन भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन हरिकृष्ण भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर