Aamsanchar

हल्दिबारीमा पितृ मोक्ष महायज्ञ

Author Image
शनिवार, भदौ २८, २०७६

 हल्दिवारी । हल्दिवारी गाउपालिका स्थित श्री पाथीभरा सिहकाली धार्मिक तथा पर्यटकीय समितिको आयोजना पितृ पक्ष श्रीमद भागवत बिस्णु पुराण तथा पर्यटन मन्त्रालय प्रदेश १ बिराटनगर बाट बिनियोजित रकम बाट निर्माण कार्य पूरा भएका योजनाहरुमा पोखरी व्यवस्थापन बाध निर्माण ,गेट तथा सोलार बत्ती जडान कार्य समेतको उद्घाटन उधोग, पर्यटन ,बन तथा बाताबरण मन्त्री माननीय श्री जगदीश प्रसाद कुसियैतले विशेष कार्यक्रम बिच पाथीभरा मन्दिर परिसरमा गर्नु भयो ।

कार्यक्रमलाई प्रमुख अतिथि कुसियैत ,गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन कार्यक्रमका सभापति रेम प्रसाद खरेलले आ आफ्ना बिचार राख्नु भएको थियोे । मन्त्री कुसियैतले आजै हल्दिवारी गाउँ पालिका स्थित वडा नम्बर ५ मा रहेको हरियाली सिमसार क्षेत्र वडा नम्बर २ मा रहेको भेलागुढी सिमसार क्षेत्र तथा सहिद पार्क को समेत अबलोकन गरेका थिए ।

मन्त्री कुसियैतले हल्दिवारीमा संचालित सबै योजना लाई पुर्णता दिने बताउदै प्रदेश सरकार सग साझेदारीमा काम गर्न गाउँ पालिकालाई अनुरोध गर्नु भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर