Aamsanchar

काग्रेसको गुट कहिले अन्त्य नहुने तर गुटले काङ्ग्रेस झन दरो बन्दै : नेका केन्द्रिय सदस्य अन्सारी

Author Image
शनिवार, भदौ २८, २०७६

 जलथल । नेपाली काग्रेस जलथल हल्दिवारी ४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काग्रेसका केन्द्रिय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

जनजागरण अभियान लाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने भन्दै गुटले काग्रेस दरो हुने तथा ६ महिना भित्र सबै भात्री सस्थाको निर्वाचन सम्पन्न हुने भएकोले सबैलाई सङगठिन भएर अगाडि बड्न अनुरोध गरेका छ्न ।

आगामी निर्वाचन भन्दा अगाडि महाधिवेशन हुने बताउदै देउवा ,पौडेल र सिटौला एक भएर अगाडि बडेको समेत कार्यकर्ता को प्रस्न को जवाफ दिदै उनले भनेका छ्न । ओलि सरकार तानाशाह भएको भन्दै अन्सारीले छिटै आधिबेरी सहितको आन्दोलन काङ्ग्रेसले गर्न लागेको ले सवैले साथ दिन पनि उनको आव्हान थियोे ।

काङ्ग्रेस वडा ४ का अध्यक्ष सुवास बारकोटी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेस युवानेता नवीन बिमली ,महासमिति सदस्य बडाराम हेमरमको उपस्थित रहेको थियो । कार्यक्रमलाई काग्रेस जिल्ला सदस्य उमानाथ प्रसाईं ,काङ्ग्रेस स्थानीय नेता होम प्रसाद चुडाल ,लखन हेमरम ,बिस्णु उप्रेती ,गङ्गा उप्रेती ,नितेस शाहलगायतले आ आफ्नो धारण राखेको कार्यक्रमको सहजीकरण सचीव सन्तोष मेचेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर