Aamsanchar

दशैं बिदा तिन दिन कटौती

Author Image
शुक्रवार, भदौ २७, २०७६

आउँदो शनिबारबाट सोह्र श्राद्ध आरम्भ हुन्छ । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् ।

दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर