Aamsanchar

‘भद्रगोल’ टिमको ‘सक्किगोनि’ बिहिबारबाट नेपाल टेलिभिजनमै प्रशारण हुने

Author Image
बिहिवार, भदौ २६, २०७६


नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियल अहिले नयाँ टिम सहित आइरहेको छ । पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर मिडिया हबले यो शो प्रशारण गरिरहेको छ । तर, पुरानो ‘भद्रगोल’ टिमले नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने भएको छ । बिहिबार बेलुकी ८ः५० को समयमा प्रशारण हुन लागेको नयाँ शोको नाम ‘सक्किगोनि’ राखिएको छ । नयाँ शैली र नयाँ प्रस्तुतिमा शो प्रशारण गर्न लागिएको निर्माण टिमले बताएको छ । सार्वजनिक नयाँ टिम सहितको ‘भद्रगोल’लाई दर्शकले रुचाएका छैनन् । ‘सक्किगोनि’ सिरियल आएपछि दर्शकको पुरानो ‘भद्रगोल’ टिमलाई हेर्ने चाहना पुरा हुने विश्वास गरिएको छ ।

‘सक्किगोनि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल दिपक आचार्य लगायतका कलाकारलाई देख्न सकिन्छ । मिडिया हवसँग कुरा नमिलेपछि आफूहरुले नयाँ शो सुरु गर्न वाध्य भएको टिमले बताएको छ । ‘भद्रगोल’ नामको अधिकार मिडिया हवसँग रहेकाले ‘सक्किगोनि’ नाम सुरु गर्न लागिएको हो । दर्शक र मिडियाकर्मीको सुझावका आधारमा यो नाम राखिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर