Aamsanchar

क्षेत्रीय वक्तृत्वकला प्रतियोगितामा बाहुण्डाँगी जेसीजका देबु बानियाँ च्याम्पियन

Author Image
आइतवार, भदौ २२, २०७६

मेचीनगर । नेपाल जेसीजको क्षेत्र क प्रतियोगितामा आयोजित अन्तर जेसीज शाखा वक्तृत्वकला प्रतियोगितामा बाहुण्डाँगी जेसीजका महासचिव देबु बानियाँ प्रथम भएका छन् ।

‘नेतृत्वका लागि उदाउँछौँ, विकास र परिवर्तनका लागि विकास र नेतृत्व’ विषयक प्रतियोगितामा बानियाँले प्रथम स्थान हासिल गरेका हुन् । विजेता बनेसँगै बानियाँ नेपाल जेसीजको पुस महिनामा चितवनको रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र क बाट छनोट भएका छन् । महाधिवशेनमा बानियाँले क्षेत्र क का ३९ वटा शाखाको प्रतिनिधित्व गर्दै अन्य क्षेत्रका प्रतियोगिहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सुरुङ्गा जेसीजका रिसब सिंह चहर दोस्रो र जनकपुर जेसीजका विक्रम शाह तेस्रो भएका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा नेपाल जेसीजका पूर्व महासचिव तथा विरेन्द्र नमुना क्याम्पसमा प्राध्यापनरत अधिवक्ता भरत प्रसाई, मेची बहुमुखी क्याम्पसकी पूर्व क्याम्पस प्रमुख सह प्रध्यापक टिका प्याकुरे, र मेची बहुमुखी क्याम्पसका सह प्रध्यापक अरुण भट्टराई रहनु भएको थियो ।

दुई दिन सम्म सञ्चालन भएको सम्मेलनमा क्षेत्र क का ३९ वटा शाखाका ६ सय भन्दा बढी जेसीजहरुको सहभागिता रहेको थियो । सन २०२० को एरिया कन्फ्रेन्स उर्लावारी जेसीजमा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर