Aamsanchar

हलिउड फिल्म ‘लार्जो विन्च’ को कपी हो ‘साहो’ ?

Author Image
बुधवार, भदौ १८, २०७६

प्रभास र श्रद्धा कपूरको मल्टीस्टारर फिल्म ‘साहो’ ले बक्सअफिसमा तगडा विजनेश गरिरहेको छ । हिन्दी भर्सनमा मात्र फिल्मले प्रदर्शनको चार दिन ९३ करोड २८ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटमार्फत् जानकारी दिएका छन् । तर, फिल्मको माउथ पब्लिसिटी निकै कमजोर छ । जसका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ ।

अहिले यो फिल्म हलिउडको ब्लकबस्टर फिल्म ‘लार्जो विन्च’ को कपी रहेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । हजारौंले सामाजिक सञ्जालमा यस प्रकारको ट्वीट गरेपछि यसका निर्देशक जरोम सलेले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ‘लार्जो विन्च’ को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् ।

उनले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह गरेका छन् । योभन्दा अगाडि पनि त्रिविक्रम श्रीनिवासमाथि जरोमले आफ्नो फिल्मको रिमेक गरेको आरोप लगाएका थिए । त्यसबेला उनले धेरै पटक पवन कल्याण स्टारर फिल्मका मेकर्ससँग सम्पर्क गर्न खोजेका थिए तर कुनै जवाफ नमिलेपछि उनी भड्किएका थिए ।

‘बाहुबली’ को जबरजस्त सफलतापछि प्रभासलाई ‘साहो’ बाट ठूलो अपेक्षा थियो । तर, समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा उनी निकै निराश भएका छन् । फिल्ममा चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माको पनि अभिनय छ । ३५० करोडमा बनेको फिल्मका निर्देशक सुजीत हुन् । ‘साहो’ को कथावस्तु कमजोर भए पनि मेकिङ उच्च छ ।

साभारः फिल्मीखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर