Aamsanchar

‘म यस्तो गीत गाउँछु २’को छायांकन सुरु

Author Image
सोमवार, भदौ १६, २०७६


केही महिना अगाडि मनकामना मन्दिरमा पुगेर शुभसाइत गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन आजबाट सुरु भएको छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । आज बिहान पूजा गर्दै चलचित्रको छायांकन सुरु भएको जानकारी गराइयो ।चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई यसपटक सांगीतिक कथावस्तुमा निर्माण गर्ने निर्देशक सुदर्शन थापाले जानकारी दिए । सुदर्शन र पूजाकै ब्यानरबाट यो चलचित्र बन्दैछ । चलचित्रको छायांकन काठमाण्डौ र इलाममा हुनेछ । निर्देशक थापाले भने–‘यसपटक हामीले इलामका रमणिय स्थानमा पनि चलचित्र खिच्दैछौ । विशेषगरि, स्थानिय कलाकारलाई पनि समेटेर इलाममा चलचित्र छायांकन हुनेछ ।’

यसपटक चलचित्रमा नायक पल शाह गायकको भूमिकामा छन् । बुढानिलकण्ठमा अवस्थित मेराकी वेलनेश रिट्रिटबाट चलचित्रको छायांकन सुरु गरिएको छ । नायक पल शाहले चलचित्रको कथावस्तु सुन्दा नै आफू उत्साहित भएको सुनाए । नायिका पूजा शर्माले ‘म यस्तो गीत गाउँछु’ आफ्ना लागि सधै नै विशेष रहेको सुनाइन् ।चलचित्रको एक साता काठमाण्डौमा र बाँकी छायांकन इलाममा हुनेछ । यो चलचित्रमा ५ वटा गीत रहने संगीतकार अर्जुन पोखरेलले जानकारी दिए । चलचित्रमा सौरभ लामाको छायांकन रहनेछ । चलचित्रका प्रोडक्शन डिजाइनर सुरज आचार्य हुन् ।चलचित्रलाई फागूणको २३ गतेबाट प्रदर्शनमा ल्याउने तयारी समेत गरिएको छ । दशैं अगावै चलचित्रको छायांकन सक्ने तयारीमा यसको निर्माणपक्ष रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)