Aamsanchar

नेपालमै पहिलो प्रतियोगिता झापामा सम्पन्न

Author Image
आइतवार, भदौ १५, २०७६

बिर्तामोड । ‘हरेक नयाँ काममा हाम्रो हात’ भन्ने मुल नाराका साथ आइतवार बिर्तामोडमा भएको एक्टिभ नाइन नामक संस्थाको आयोजनामा झापाको बिर्तामोडमा शंख ध्वनी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भारत जलपाईगुडीका ८४ वर्षिय मोतिलाल शर्मा घिमिरे प्रथम भएका छन् ।

प्रतियोगितामा आचार्य पण्डित दुर्गाप्रसाद खतिवडा, रधुनाथ अर्याल र दामोदर न्यौपानेले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए । निर्णायक मण्डलले प्रतियोगीहरुको भेषभूषा, ध्वनी, समयको आधारमा छनौट गरेका थिए । प्रतियोगीलाई २ मिनेटको समय दिइएको थियो ।

प्रतियोगितामा दोस्रो कनकाई नगरपालिकाका सुरेन्द्रकुमार खरेल र तेस्रो अर्जुनधारा–७ स्थित अर्जुृनधारा संस्कृत वेद बिद्या पिठका पिठाधिस अग्निप्रसाद सिग्देल भएका थिए । उनीहरुलाई क्रमश ५ हजार एकसय, ३ हजार एकसय र २ हजार एकसय नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी सान्त्वना पुरस्कार बुद्धशान्ति–१ का बासुदेव मिश्र अर्का सविन खनाललाई प्रदान गरिएको छ । साथै बुद्धशान्ति–१ का ४ बर्षिय सिजन दंगाललाई प्रोत्साहन सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । तीनैजनालाई ५ सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

क्रमस् पहिलो दोस्रो रतेस्रो बन्न सफल मोतिलाल शर्मा घिमिरे, सुरेन्द्रकुमार खरेल, अग्निप्रसाद सिग्देल ।

एक्टिभ नाइनका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि वैदिक सनातन धर्म संरक्षण समिति नेपालका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडा रहेका थिए । स्वागत संस्थाका सचिव भानुभक्त खनालले गरेको कार्यक्रममा विशिष्ट अतिथि अर्जुनधारा नगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतम, साहित्य चौतारी झापा अध्यक्ष टंक काफ्ले ‘विकल्प’, लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य रोहित भट्टराईले गरेका थिए ।

प्रतियोगितामा ६३ जना प्रतियोगीको सहभागिता रहेका थिए । सहभागी सवै प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  कार्यक्रममा आयोजकले शंख ध्वनी प्रतियोगिता नेपालमै पहिलो भएको दावी गरेको छ भने हरेक बर्ष भदौ १५ गते शंख ध्वनी दिवस घोषणा गर्न सरकार समक्ष माग पनि गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर