Aamsanchar

हत्या गरी जंगलमा महिलालाई झुण्डयाउने तीन जना पक्राउ

Author Image
सोमवार, भदौ ९, २०७६

मोरङ । मोरङको सुन्दरहरैचाकी एक महिलालाई हत्या गरी कानेपोखरीको जंगलमा झुण्डाएको आरोपमा इलाका प्रहरी कर्यालय पथरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सुन्दरहरैचा–१२ का ४१ बर्षिय कुमार अधिकारी र ३२ बर्षिया कविता अधिकारी, सुन्दरहरैचा –९ का २६ बर्षिया मुना दाहाललाई पथरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीन जनाले सुन्दरहरैचा –११, बेलेपुरका ३१ ब्र्षिया अन्जु खड्कालाई हत्या गरी कानेपोखरी जंगलमा लगेर झुण्डाएको आरोप लागेको छ ।

मृतकका श्रीमान गणेश खड्काले तीन जनाको नाममा इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएपछि प्रहरीले उनहरुलाई पक्राउ गरेको थियो । कानेपोखरी पूर्व कृषि मार्ग विहिबारे जाने बाटोमा राजमार्गदेखि दुईसय मिटर दक्षिण गत साउन २५ गते शनिबार ८ बजे राती झुण्डीएको अवस्थामा अन्जु खड्काको शव फेला परेको थियो ।

सुरुमा आत्महत्या गरेको भन्दै पोष्टमार्टम गरेर अन्त्येष्टि गरिएपनि बैदेशिक रोजगारमा साउदीमा रहेका मृतकका पति गणेश खड्का नेपाल आएर तीन जनाले हत्या गरेर रुखमा झुण्डाएको भदौ २ गते सोमबार किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय पथरीका डिएपी लक्ष्मी अधिकारीले जानकारी दिए । आरोपित मध्येका कुमार अधिकारी हार्डवयर व्यापारी हुन । मृतक खडकाले घर निर्माणको क्रममा सोही हार्डवरबाट घरमा लाग्ने सामानको कारोबार गरेको उनका पतिले बताएका छन् । हार्डवयर संचालकलाई रकम दिन बाँकी रहेको देखिएको र अन्य दुईजना आरोपित भने मृतक अन्जुकोमा आउनेजाने नजिक देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । आरोपितहरुको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)