Aamsanchar

धेरै कलाकर्मी पनि रविकै कारणले मारमा

Author Image
आइतवार, भदौ ८, २०७६

तिज पर्वमा धेरै महिला गित संगितकार कलाकर्मीकोलागि एक राम्रो व्यवसाय गर्ने अवसर हो । तिजलाई भनेर धेरै समय अघिदेखि गित रचना, संगित भर्नेकाम, निर्देशन, छायाँकन, सम्पादन लगायतका काम रात दिन नभनी गरे । तर यसबर्ष मेहनतको फल सोचेजस्तो नहुने देखिएको छ ।

पहिला पहिला चक्का, सिडी बजारमा बेचेर निर्माताले लगानी र मुनाफा कमाउने गर्थे क्रमस प्रविधिको विकास संगै अहिले आएर एक मात्र माध्यम सामाजिक संजाल बनेको छ । त्यसमा युवटुव मुख्य गरेर हो, युवटुवमा जतिधेरैले हेर्यो त्यती धेरै पैषा युवटुवले पठाउने गर्छ, त्यसैले युवटुवमा भिडियो हाल्न ज्याननै दाउमा राखेर युवटुवर हिडने गर्छन र केहि देशमा स्थापित युवयुव च्यानलहरु पनि  रहेका छन त्यस च्यानलबाट आफ्नो सृजना पोष्ट गराएर आएको रकमले सम्बन्धित क्षेत्रका कलाकर्मीहरु बाच्ने आधार बनेको छ ।

एतीवेला तिज नजिकिएको छ विभिन्न रेडियो र गाउँ घरमा एमलीफायरमा तिज गित गुन्जिन सुरु भएको छ । आर्को तर्फ गित सुन्ने हैन हेर्ने हो भन्य मान्यता पनि विकास भएको छ, भिडियो विनाको अडियो मात्र पाईदैन अब । यस समयमा विगतका बर्षमा युवटुवमा  तिज गतहरु ट्रेन्डिङमै पर्थे भाईरलनै हुन्यो, तर यस बर्ष आज सम्म युवटुवमा तिज गित हेर्नेको संख्या अत्यन्त कम रहेको देखिन्छ युवटुवमा कुनै पनि तिज गित ट्रेन्ड्रिङ पर्न नसकेको आधारलाई हेर्दा । केही हप्ता भने पुरुषले गाएको गित हामि पनि नाच्नु पर्छ बिच्च बिच्चमा भर्ने गित चै ट्रेन्डिङमा परेको थियो ।

आखिर किन यस्तो भयो होला ?
पहिलो मुख्य कारण :

शालिकराम पुडाशैनीको मृत्यु प्रकरणलाई एक आधार मान्न सकिन्छ, किनकी चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सोधपुछका लागि थुनामा राखेको विषय अहिले भाईरल  बनेको छ सबैको ध्यान त्यतै तिर छ सबैले रविकै बारेमा बनाईएका भिडियो मात्र  हेरिएकोछ ।

दोस्रो मुख्य कारण :

तिज गितको नाममा केहीले मौलिकता मासेर बनाईएका उसृङखल सब्द, भिडियो हेरेर सबै उस्तै हो भनेर दर्शकलाई दिक्क लागेको हुनसक्छ, त्यसैले राम्रा गितहरु पनि ओझेल परेको हुनसक्छ ।

तेस्रो मुख्य कारण :

गित संगितको राम्रो अध्ययननै नगरी सामान्य ज्ञानको भरमा गित रेकड र भिडियो निर्माण गर्नेको संख्या बढनु र कभर भिडियो भन्दै जोपायो त्यहीले भिडियो बनाएर पोष्ट गर्नु पनि एक                                   कारण हुन सक्छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर