Aamsanchar

कल्प वृक्ष कृषि सहकारी संस्थाको १२ बर्षमा शेयर पूजीँ ६७ लाख ७ हजार ६ सय

Author Image
आइतवार, भदौ ८, २०७६

मेचीनगर,८ भद्रौ। झापाको मेचीनगर- १० स्थित कल्प वृक्ष कृषि सहकारी संस्थाले वितेको आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को तुलनामा शेयर पूजीँ १ सय २४ प्रतिशत वृद्धि गरेको छ । संस्थाको शनिबार सम्पन्न १२ औँ वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष ललितबहादुर बोहोराले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा संस्थाको शेयर पूजीँ ६७ लाख ७ हजार ६ सय रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको शेयर पूजीँ २९ लाख ९८ हजार ४ सय रुपैयाँमा सिमित रहेको अध्यक्ष बोहाराले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, संस्थाको ऋण लगानी समेत १ सय ६४ प्रतिशतले बृद्घि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा ६६ लाख ६५ हजार ३ सय १५ रुपैयाँ लगानी भएकोमा वितेको आर्थिक वर्षमा १ करोड ७६ लाख ५१ हजार ६३ रुपैयाँ पुगेको छ । हाल सम्म संस्थामा खराव कर्जा शुन्य दशमलव १९ र भाखा नाघेको कर्जा १ दशमलव ७९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । ३५ जना शेयर सदस्यहरुबाट जनही १ हजार रुपैयाँका दरले ३५ हजार शेयर पूजीाबाट स्थापना भएको संस्थामा गत आर्थिक वर्ष २०७५/०७६ मा सदस्य संख्या ६४ प्रतिशतले बृद्घि भएर १ हजार २ सय ८० पुगेको छ । यसअघिको आर्थिक वर्षमा संस्थामा शेयर सदस्यहरुको संख्या ७ सय ६४ मात्र थियो । चालु आर्थिक वर्ष २०७६ /०७७ मा संस्थामा शेयर सदस्य १ हजार ७ सय पुर्याउने लक्ष्य राखिएको छ । संस्थाले चालु आर्थिक वर्षदेखि सम्पूर्ण शेयर सदस्यहरुलाई १ घर २ मेवाको अवधारणा अनुसार न्यून मुल्यमा उपलब्ध गराउने , महिला शेयर सदस्यहरुका लागि सुत्केरी भत्ता स्वरुप १ हजार तथा नवजात शिशुको बाल बचत खाता निःशुल्क खोलेर ५ सय रुपैयाँ जम्मा गरिदिने प्रस्ताव पेश गरेको छ ।

साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक सदस्य एवम् नेपाल वहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले गरेका थिए । उनले सहकारीलाई एउटा सवारी साधनसँग तुलना गदैं जसरी सवारी साधनलाई सफलरुपमा गन्तव्यमा पुर्याउन कुशल चालकको आवश्यकता पर्छ त्यसरी नै सहकारीलाई सफलरुपमा जनतामाझ पुर्याउन नेतृत्व सफल र सक्षम हुनुपर्ने धारणा राखेका थिए । उनले सहकारीलाई प्राविधिक विषयका रुपमा हेर्न आवश्यकता रहेको भन्दैं अप्राविधिकरुपमा हेरियो भने सहकारीलाई सहिरुपमा सहि मार्गमा अघि बढाउन नसक्ने बताए ।

यसकारण सहकारीलाई प्रविधिक दृष्टिकोणले हेर्नुपर्ने उनले तर्क राखे । सहकारीकर्मीहरुलाई सहकारीलाई व्यवसायिकरुपमा अगाडि बढाउन सुझाँव दिदैं प्रमुख अतिथि उप्रेतीले यदि सहकारी व्यवसायिकरुपमा अघि बढे देश आर्थिकरुपमा समृद्घ हुने बताए । सहकारीले कसैलाई विभेद नगर्ने सवैको सहकार्य हुने भएकाले सहकारीमा फरक धर्म, वर्ग, रितीरिवाज, संस्कृति, कला भएका समुदाय एक ठाउँमा एकताबद्घरुपमा मिलेर एक आपसमा सहकार्य गदैं अघि बड्न सक्ने उनको भनाई थियो । फरक संस्कृतिका व्यक्तिहरुलाई साझा संस्कृतिका रुपमा सहकारीले सम्बोधन गर्ने उनले जानकारी दिए । उनले संस्था टिकाउने नाममा कर्मचारीलाई तथा कर्मचारी बचाउने नाममा संस्थालाई भार पर्ने कुनै काम गर्न नहुने सुझाव दिए ।

कार्यक्रममा संस्थाले वर्ष उत्कृष्ट कृषककारुपमा अग्निप्रसाद पौडेललाई सम्मान स्वरुप गाई दुहुने मेशीन प्रदान गरेको छ । यसैगरी, संस्थाले वर्ष उत्कृष्ट वचतकर्ता अनिषकुमार चौधरी, गोमादेवि राई, वर्ष उत्कृष्ट ऋणि शेख वसिर आलम, वर्ष उत्कृष्ट कर्मचारी मीना धिमाल, ज्येष्ठ नागरिक कृष्णप्रसाद शर्मालाई नगद तथा दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको थियो । सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथि उप्रेती, संस्थाका अध्यक्ष बोहोरालगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले सहकारीका मुल्य मान्यता र सिद्घान्तलाई विर्सेर अघि बढे सहकारी संस्थाहरु दुर्घटनामा पर्ने हुादा त्यसप्रति सधै सहकारी सञ्चालकहरु गम्भीर बन्नुपर्नेमा जोड दिए । अहिले धेरै सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको भन्ने समाचार आइरहेको हुँदा एउटा सहकारीले गल्ती गरे धेरै सहकारीलाई असर पर्ने बताए । हरेकले सहकारी सञ्चालनका क्रममा यसका मुल्य मान्यता र सिद्घान्त विर्सन नहुनेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु, जिल्ला सहकारी संघ झापाका प्रशिक्षक तेजप्रसाद चौलागाईँ, मेचीनगर नगरपालिका कार्यपालिका सदस्य कृष्ण कनाल, मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुव कनाल, धुलावारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष अजय घिमिरे नेपाल रेडक्रस सोसाइटि मेचीनगर उपशाखा अध्यक्ष कुशुम कोइरालालगायतले बोलेका थिए । संस्थाको कृषि उपसमितिका संयोजक चन्द्र तिवारीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको उपाध्यक्ष थिन्कु नेम्वाङ्गले स्वागत गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)