Aamsanchar

सुन र नगद चोरी !!

Author Image
आइतवार, भदौ ८, २०७६


काठमाडौं । चोरी कार्यमा संलग्न रहेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।नेपाल प्रहरीका अनुसार राहदानी नम्बर क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु, सिनजोङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाईन्सबाट बुधबार काठमाडौं आउने क्रममा डेनिस नागरिकले जहाजभित्रै सुन र नगद चोरी भएको थियो । सोही अनुसार नेपाल प्रहरीले अनुसन्धान गर्दा शनिबार बिहान टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरुलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर